२१ बैशाख २०८३, सोमबार

प्रजातान्त्रिक र गणतान्त्रिक सरकारको नेतृत्व,भारतको आन्दोलनमा बिपीको योगदान अनुभव

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार ११:४३ मा प्रकाशित

फाइल / तस्बिर

राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान –डा. नारायण चालिसे

.

विश्वेश्वरप्रसाद कोइरालाबारे लेख्न बस्दा धेरै कुराहरूमा ध्यान पु¥याउनुपर्ने अवस्था छ । बिपीबारे यति धेरै कुरा लेखिसकिएको छ कि अबको लेखनमा नया“ कुरा मात्र प्रस्तुत गर्न कठिन छ । बिपीबारेका अध्ययन र अनुसन्धानहरूले धेरै कोणबाट कोइरालाबारे स्पष्ट पारिरहेकै छन् । ६८ वर्षको बिपीको जीवनको बाल्यकालदेखिको सबै समयले हामीलाई केही न केही प्रेरणा दिइरहन्छ । बिपी केइरालाको जीवनी, व्यक्ति र व्यक्तित्वलाई हेर्ने अनेक विधिको प्रयोग भइसकेको यस परिप्रेक्ष्यमा बिपीको जन्म, शिक्षादीक्षा, साहित्य र राजनीतिमा उनको प्रवेश र योगदान, त्यस क्रममा बिपीले अनुभूत गरेका कतिपय कुराहरू र बिपीले राजनीति र साहित्यमा पु¥याएको योगदानका साथै राष्ट्रिय जीवनमा बिपी कोइरालाको स्थान निर्धारण गर्न सकियोस् भन्ने उद्देश्यले अति सङ्क्षेपमा बिपी व्यक्ति र व्यक्तित्वबारेमा छोटो चर्चा गरिएको छ ।
बिपी के हुन् र नेपाली राष्ट्रिय जीवनमा बिपीको केकस्तो योगदान र स्थान छ भन्ने विषयमा सानातिना लेख सम्भवतः पर्याप्त हु“दैनन् । बिपीको जीवन अवधिमा भन्दा उनको अवसानपछिको समयले राष्ट्रिय जीवनमा बिपी, उनको सिद्धान्त, उनको आदर्श, मूल्य, मान्यता र राजनीतिक, सामाजिक एवम् साहित्यिक क्षेत्रमा बिपीले पु¥याएको योगदानलाई अझ बढी प्रकाशित र प्रभासित गरिरहेको छ । बिपी कोइरालाको जन्मशताब्दी मनाइरह“दा बिपी र उनको योगदानको चर्चा झन् बढी भइरहेको छ । त्यसमाथि बिपीले जन्माएको, विचार र नेतृत्व दिएको प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले उनीपछिका धेरै वर्ष नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक सरकारको नेतृत्व गरी अनगिन्ती तीता र मीठा अनुभवहरू स“गालेको र वर्तमानमा समेत उसैको नेतृत्वमा देश चलिरहेको परिप्रेक्ष्यमा बिपीको योगदानको स्मरण हुनु समयसान्दर्भिक छ । बिपी कोइरालाले जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आप्mनो तर्फबाट योगदान दिए त्यसको उच्च मूल्याङ्कन हुनुपथ्र्यो । तर, सिद्धान्तमा जे कुरा भनिएका भए पनि व्यवहारले पुष्टि गर्न सकेको पाइ“दैन ।
राष्ट्रिय जीवनमा बिपीको स्थान सुरक्षित छ र उच्च छ । तर, अहिले बिपीको स्थान पहिल्याउन बिपीपछिको नेपाली राजनीतिक अतीत कोट्याउन थालियो भने धेरै धमिला कुराहरू बाहिर आउनेछन्, जसको छाया“मा बिपीको उज्यालो र अग्लो व्यक्तित्व पनि धमिलिन सक्छ । त्यसैले बिपी मात्रलाई चिनाउन उनको मात्र विषयमा कुरा गर्न उचित हुन्छ । बिपी कोइरालाका दुईओटा जीवन छन्, राजनीतिक र साहित्यिक । ती दुवै जीवन उत्तिकै महत्त्वपूर्ण र सशक्त छन् । आज हामीले बिपी स्थान निर्धारण गर्न खोज्नु भनेको बिपीका यिनै व्यक्तित्वबारे यथासम्भव प्रकाश पार्नु हो । र, त्यो प्रकारको योगदानका आधारमा राष्ट्रिय जीवनमा बिपीलाई सुरक्षित पार्नु हो । तसर्थ बिपी, उनको जन्म, शिक्षादीक्षा, राजनीति र साहित्यमा विभाजित र स्थापित बिपीको व्यक्तित्वबारे कुरा गर्नु नै राष्ट्रिय जीवनमा बिपीको स्थान प्राप्त गर्नु हो भन्ने लाग्छ ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गतेका दिन भारतको वाराणसीमा भएको हो । पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाबाट जन्मिएका बिपीको न्वारानको नाउ“ चूडामणि कोइराला हो । विश्वनाथका प्रसादस्वरूप छन् भनी उनलाई विश्वेश्वर भन्न र व्यवहार गर्न थालिएपछि विश्वेश्वरप्रसाद भनेर प्रचारमा रहेका उनलाई सङ्क्षेपमा बिपी र राजनीतिमा सबैका प्रिय बन्दै गएपछि सान्दाजुका नामले पनि सम्बोधन गर्ने गरिएको थियो । कोइरालाको पारिवारिक पृष्ठभूमि ज्यादै सङ्घर्षशील, राजनीति सचेत, शासकीय स्वभावयुक्त, समाजसेवी, शिक्षित, स्वतन्त्र र कर्मशील प्रकृतिको देखापर्छ । कोइरालाको परिवारमा धेरै पुस्ता पहिलेदेखि नै पारवारिक स्वतन्त्रता, भाषा–साहित्य प्रेम, मान्यजनका योगदानको कदर गर्ने, मानप्रतिष्ठाको निम्ति काम गर्ने, गौरवशाली किसिमको देखिन्छ । पुख्र्यौली रूपमै राजनीति, समाजसेवा, भाषा–साहित्य र कलाप्रेम, आर्यसभ्यता र संस्कृतिप्रति आस्था राख्ने तर परम्पराको अन्धानुसरण नगर्ने खालको देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालाले आप्mना अग्रजहरूका आदर्शहरूलाई आस्थापूर्वक अनुसरण गर्दै व्यवहारकुशलताले आफूलाई परिमार्जित गर्दै लगेको पाइन्छ । पिता कृष्णप्रसाद कोइरालाको समाजसेवी चरित्रका कारण तत्कालीन राणाशासकको कोपभाजनका शिकार भई भारतका वाराणसी, कलकत्ता, टेढी, बेतिया, जयनगर आदि स्थानमा निर्वासित भई बस्नुपर्दाको समयमा बिपीको बाल्यकाल पनि यायावरको जस्तो घुमन्ते रहेको देखिन्छ । आर्थिक अभाव, सामाजिक उतारचढाव, राजनीतिक अस्थीरता र पारिवारिक विचरणका समयको बिपीको प्रारम्भिक शिक्षा–दीक्षा समयानुकूल हुन नसकेको भए पनि दृढ इच्छाशक्ति, कर्तव्य, लगन र इमानदारीले बिपीले आप्mनो पढाइलाई बी.ए., एल.एल.बी.सम्म पु¥याएको पाइन्छ । शिक्षा र ज्ञानको तहलाई राम्ररी परख गर्दै बाल्यकालदेखि नै राजनीतिक सचेतता र सक्रियतालाई समेत अघि बढाएका कोइराला वैचारिक स्वतन्त्रता र आर्थिक समानताका पक्षधर मानिन्छन् । विश्व समाजवादी आन्दोलनका प्रसिद्ध समाजवादी नेता र नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको अवधारणाका अग्रणी एवम् सुप्रसिद्ध साहित्यकार बिपीको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था आम नेपाली नागरिकको भन्दा केही फरक रहे पनि बिपीमा सामान्य नेपाली नागरिक व्यक्ति सधैं गतिशील र सृजनारत भएको देख्न, भोग्न र पढ्न पाउने अवसर हामी सबैलाई प्राप्त भएको छ । सामान्य नागरिकको भन्दा असल पारिवारिक वातावरणले बिपीलाई सधैं असल सोच्न प्रेरित गरेको पाइन्छ भने आम नेपाली नागरिकको हकअधिकारको प्राप्ति र संरक्षणका निम्ति जीवन उत्सर्ग गर्ने प्रेरणा पनि प्राप्त भएको मान्न सकिन्छ भने साहित्यमा बिपीले पु¥याएको योगदानले विश्वसाहित्यस“ग नेपाली साहित्यलाई दा“जेर हेर्न सक्ने अवसर हामीलाई प्राप्त भएको छ ।
बिपी कोइरालाले बी.ए., बी.एल.सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए । बिपीको परिवार समाजसेवी पृष्ठभूमिको रहेकै कारण त्यतिखेर राणाशासनले बिपीका पिता कृष्णप्रसाद कोइरालाको व्यवहारले सामाजिक क्रान्ति वा जनचेतना बढ्न गई आप्mनो शासनमा व्यवधान उत्पन्न हुने डरले उनलाई नेपालमा रहेर सामाजिक काममा सक्रिय हुन प्रतिबन्ध लगाएपछि भारतका बनारस, कलकत्ता, भागलपुर (टेढी), बेतिया, जयनगर आदि विभिन्न ठाउ“मा निर्वासनमा ११ वर्षसम्म बिपीको परिवार बस्नुपरेका कारण बिपीको शिक्षादीक्षा पनि यिनै विभिन्न ठाउ“मा भएको पाइन्छ । सर्वप्रथम बिपीले ५ वर्षको हु“दा वाराणसीमा अवस्थित एउटा म्युनिसिपल स्कुलमा प्रारम्भिक तह (क, ख, ….)को अध्ययन प्रारम्भ गरेको पाइन्छ । भारतमा गान्धीजीको अङ्ग्रेजविरोधी आन्दोलन चलिरहेको त्यस अवधिमा अङ्ग्रेजहरूद्वारा सञ्चालित सरकारी स्कुलमा नपढ्न गरिएको अनुरोध र आप्mनो पनि उक्त स्कुलमा पढ्ने इच्छा नभएका बिपीले ७ वर्षकै उमेरमा नेहरूकै सामुन्ने मैले आजदेखि सरकारी स्कुल छाडे“ भनेर गान्धी र नेहरूको अभियानलाई साथ दिने निर्णय गरेका थिए । त्यसपछि बिपीले गान्धीजीहरूले चलाएको गान्धी आश्रम विद्यालयमा भर्ना भएर पढ्ने र पढाइभन्दा बढी राष्ट्रिय भावना जागरण हुने विभिन्न गतिविधिमा सक्रिय हुने, खद्दरको लुगा लगाउने, सभासम्मेलनमा जाने, राष्ट्रिय गीत गाउने, नारा लगाउनेजस्ता कार्यक्रममा सामेल भई बाल्यकालमै एकातिर क्रान्तिकारी भावना र अर्कोतिर राजनीतिक, सामाजिक अभियानमा सक्रिय हुन थालेको पाइन्छ । बनारस र कलकत्ताको ५ वर्षजतिको बसाइपछि बिपीको परिवार पुनः बसाइ“ सरेर विहारको भागलपुर (टेढी) भन्ने ठाउ“मा आएपछि बिपीको पठनपाठन त्यहा“कै विद्यालयमा प्रारम्भ भएको पाइन्छ । टेढीमा बिपी ५ वर्षजति बसेका थिए । त्यस समयमा पिताजी र बाबु साहेब (नरेन्द्रका पिता)को सक्रियतामा निर्माण गरिएको फुसको शीतल कटेरीमा बालबालिकाहरूलाई पढाउन नजिकका ठाउ“बाट झिकाइएका पण्डित मास्टरहरूबाट गुरुकुल आश्रम सञ्चालन गरिएको थियो र त्यही“बाट बिपीले आश्रमको नियम आचरणमा रहेर गुरुकुल शिक्षा अघि बढाएको पाइन्छ । बिपीले टेढीको बसाइलाई आप्mनो जीवनको महत्त्वपूर्ण र अविस्मरणीय अवधि मानेका छन् भने किशोरावस्थाको आधा अवधिको टेढी बसाइ चेतनाको प्रारम्भ र यौवनको पनि प्रारम्भको अवधि रहेकाले पनि महत्त्वपूर्ण रहेको मान्न सकिन्छ । बिपीले यस अवधिमा धेरै स्मृतिहरूलाई विभिन्न ठाउ“मा अभिरुचिपूर्वक चर्चा गरेका छन् । बिपीको पारिवारिक व्यक्तिहरूस“गको सम्बन्ध, अन्य साथीहरू र आपूmलाई पढाउने गुरुहरूको सङ्गत र सम्पर्कले आपूmमा आएका विभिन्न खाले परिवर्तनहरूको कुरा गरेर टेढी बसाइलाई अझै अविस्मरणीय तुल्याउन चाहेका छन् । टेढीपछि हरिश्चन्द्र स्कुलमा नै गई पढ्ने आप्mनो अडानकै प्रतिफल आर्थिक अवस्था कमजोर रहेको अवस्थामा पनि काशीवास बस्न गएकी बडी आमाकहा“ पुगेर कुनै न कुनै उपायले बसेर पढ्ने दृढ इच्छाको कदर गरेर सानीमा र बहिनी नलिनीका चारओटा कानको मुन्द्रीको जम्मा दुई तोला सुन बाटो खर्च लिएर बिपी बनारस अध्ययनको निम्ति प्रस्थान गरेको पाइन्छ । बनारसमा पुगेपछि बिपीले प्रो. गणेशदत्त शास्त्री र सीताराम पन्तको सहयोगमा हरिश्चन्द्र स्कुलमा भनाई भई पढ्न थालेका थिए । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले एकसरो धोती र कुर्तामा कष्टपूर्वक बसेर बिपीले अध्ययन प्रारम्भ गरेका तर लगन र अनुशासनका कारण साथीको सहयोग र गुरुजनको स्नेह प्राप्त गरेरै बिपीले अध्ययनलाई अघि बढाएको पाइन्छ । बिपी पठनपाठन र अन्य अतिरिक्त क्रियाकलाप, वादविवाद, वक्तृत्वकलालगायत अन्य गतिविधिमा पनि अब्बल र मेधावी छात्र थिए । उनले बडो अनुशासनपूर्वक लगनशील भएर पठनपाठनलाई अघि बढाएका थिए भने कक्षा ९ कै छात्र हु“दा शान्तिप्रिय द्विवेदीको सम्पर्क र प्रेरणाले साहित्यतर्फ पनि अभिरुचि बढाउन पुगेका थिए । बिपीले विद्यालयस्तरमै पढ्दा कविता र कथाहरू लेख्न थालेका थिए भने १९८७ मा हंसमा पहिलोपटक उनको लघुकथा उहा“ छापिएको थियो । जिज्ञासु स्वभावका बिपीले हिन्दी र अङ्ग्रेजी साहित्यका विभिन्न विद्वान्हरूका कृतिहरूको अध्ययन गरेर १५÷१६ वर्षकै उमेरमा साहित्यसम्बन्धी धेरै जानकारी लिइसकेका थिए । यसप्रकार विद्यालय स्तरको शिक्षा हासिल गरिसक्दा नै बिपीले ज्ञान, विज्ञान, साहित्य, कला र संस्कृतिसम्बन्धी आप्mना धारणाहरूलाई परिपक्व तुल्याउ“दै लैजाने काम गरेका थिए । बिपीले आपूmले विद्यालयीय अध्ययन पूरा गर्दा अध्यात्ममा भावुक, रहस्यवादी, साहित्यमा छाया“वादी, रोमाञ्चवादी र राजनीतिमा गान्धीको आदर्शवादबाट प्रभावित भइसकेको कुरा उल्लेख गरेका छन् । सन् १९३० मा हरिश्चन्द्र स्कुलबाट द्वितीय श्रेणीमा म्याट्रिक पास गरेका बिपीले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्र मूल विषय लिएर सन् १९३४ मा स्नातक र कलकत्ता विश्वविद्यालयबाट सन् १९३७ मा कानूनमा स्नातक (बी.एल.) उत्तीर्ण गरेका थिए । बिपीले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरे पनि सो तह पूरा गर्न पाएनन् । बिपी इन्टरमिडिएट र स्नातक तहमा अध्ययन गर्दा उच्च बौद्धिक व्यक्तित्वहरू र मित्रहरूको सङ्गतमा पुगिसकेका थिए भने प्रसिद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्वान्हरूका प्रसिद्ध ग्रन्थहरूको अध्ययनले साहित्य र राजनीतिमा उच्चस्तरको व्यक्ति बनिसकेका थिए ।
बिपी कोइराला राजनीति र साहित्यका क्षेत्रमा ख्याति कमाएका व्यक्ति हुन् । त्यसैले बिपीको व्यक्तित्वको निर्माण पनि यिनै दुई तत्त्वबाट भएको छ । राजनीतिका माध्यमबाट निर्माण भएको समाजसेवी व्यक्तित्वको आधार बुझ्न बिपीले ७ वर्षको बालकालदेखि स्वतन्त्रता, समानता र सामाजिक न्यायको पक्षमा आपूmलाई उभ्याएर आजीवन राजनीतिक निष्ठा र आदर्शमा उभिएको एउटा अग्लो व्यक्ति बिपी कोइरालाका राजनीतिक दस्तावेजहरू र उनको जीवनका महत्त्वपूर्ण घटनाहरूलाई राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ भने साहित्यिक व्यक्तित्वको पहिचानका निम्ति बिपीद्वारा लेखिएका साहित्यिक कृतिहरू र तिनमा प्रकट हुने अन्तरमुखी, वैचारिक, दार्शनिक व्यक्ति बिपीलाई पढ्नुपर्ने हुन्छ, तापनि निष्ठाका प्रतिमूर्ति बिपीप्रतिको आस्थाभाव प्रकट गर्ने यो ससानो प्रयत्न भने अवश्य हुनेछ ।
बिपी राजनीतिलाई आपूmले सफलताको सि“ढी चढ्ने माध्यम नबनाएका व्यक्ति हुन् । नेपालको सन्दर्भमा कोइरालाको आप्mनै राजनीतिक दर्शन थियो । प्रजातान्त्रिक समाजवादको माध्यमले नेपालजस्तो मुलुकलाई समृद्ध पार्न सकिन्छ भन्ने योजनाका साथ अग्रसर भएका बिपीले आप्mनो समाजवादी कार्यक्रमहरूलाई राष्ट्र निर्माणमा लगाउन भने पाएनन् । भारतीय स्वतन्त्रता सङ्ग्राम एवम् १०४ वर्षे निरङ्कुश राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति सशस्त्र आन्दोलनको नेतृत्व गरेका बिपी सधैं राष्ट्र र जनताका निम्ति लडेका व्यक्ति हुन् । २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री र २०१५ सालको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्रीसम्म बनेका बिपीको राजनीतिक जीवन ज्यादै कष्टकर तर उत्साहजनक एवम् शिक्षाप्रद देखिन्छ । आप्mना केही राजनीतिक विशिष्टतासहित नेपालमा प्रजातान्त्रिक समाजवादको स्थापनाका निम्ति सङ्घर्षरत बिपीको राजनीतिक जीवनको सङ्क्षिप्त इतिहास यसप्रकार छ–
७ वर्षको कलिलो उमेरमा भारतको स्वतन्त्रता आन्दोलनलाई सघाउने सरकारी स्कुल बहिष्कार आन्दोलनमा सरिक भएर अञ्जानमै राजनीतिमा नाउ“ लेखाउन पुगेका बिपीको जीवनको पृष्ठभूमिमा राजनीतिको गहिरो प्रभाव परेको पाइन्छ । बिपीको परिवार, उहा“का हजुरबा नन्दिकेशर कोइराला, ठूलाबा कालिदास कोइराला, पिता कृष्णप्रसाद कोइराला, माता दिव्या कोइराला र परिवारका अग्रजहरूमा संस्कारका रूपमा विकसित हु“दै आएको राजनीति र समाजसेवाको राम्रो प्रस्फुटन बिपी कोइरालमा आएर भएको कुरा बुझ्न गाह्रो पर्दैन । कोइरालाहरू नेपालको शासन सत्ताको कुनै न कुनै पक्षलाई सेवा दिने गरी कार्यरत थिए । काजी दामोदर कोइराला मकवानपुर दरबारका काजी अर्थात् त्यस राज्यका प्रधानमन्त्री नै थिए भने नन्द्रिकेशर कोइराला बिपीका हजुरबा र ठूलाबा कालीदास डिठ्ठा थिए । पिताजी पनि केही समय खरदार भएकाले जीवनभर उहा“को नाउ“को अगाडि खरदार उपाधि जोडिइरह्यो । यसप्रकार नेपालको शासनलाई नजिकबाट नियालिरहेका कोइराला वंशकै बिपीमा राजनीतिको संस्कार अन्नजलजस्तै पेय बनेर आएको कुरा बिपी स्वयम्ले नै स्वीकार गरेका छन् । तर, शासनसत्ताले अवलम्बन गरेको जनविरोधी बाटो र त्यसको पृष्ठपोषण गर्ने चरित्रका विपरीत जनभावनाको कदर गर्ने, नागरिक चेतना र अधिकारको पक्षमा बोल्ने र समाज सुधारको अभियानमा सक्रिय रहने स्वभावका कोइरालाहरू राणाशासन र राजाको सक्रिय शासनमा अटाउन सकेनन् भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ । राजनीतिको प्रत्यक्ष प्रभावको कुरा गर्दा पिताजी कृष्णप्रसाद कोइराला र उहा“को सामाजिक अभियान महत्त्वपूर्ण कदम भएर देखा पर्दछ । चन्द्रशमशेरको कोपभाजनमा परी पटक–पटक निर्वासन बेहोर्न पुगेका पिता कृष्णप्रसाद कोइरालाका माहिला सुपुत्र बिपीमा पुष्पित र पल्लवित भएर आएको राजनीति र समाज सेवाको भावना नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण पक्ष बनेको छ भने नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय बनेर बिपी कोइराला रहेका छन् । आप्mनो चेतनाको प्रस्फुटन हु“दा अङ्ग्रेजविरोधी अभियानमा सरिक भएका कोइराला १५ वर्षको उमेरमा वि.सं. १९८७ मा पहिलोपल्ट विहारको मोतीहारी काण्डमा परेर थुनामा परेका थिए । यो जेल जीवन कोइरालाको राजनीतिक जीवनको औपचारिक शुरुआत थियो । बिपीले नेपालको राजनीति गर्नुपूर्व नै वि.सं. १९९२ मा भारतीय काङ्ग्रेस समाजवादी पार्टीको सक्रिय कार्यकर्ताको काम गरेका थिए । भारतीय स्वतन्त्रता अभियानकै क्रममा वि.सं. १९९८ मा बिपी मजदूर आन्दोलनका क्रममा दरभङ्गा जेल परेको पाइन्छ भने पुनः वि.सं. १९९९ मा अङ्ग्रेज भारत छोड आन्दोलनमा पक्राउ परी ३ वर्ष जेलमा बसेर वि.सं. २००३ सालमा जेलबाट छुटेको पाइन्छ । प्रजातन्त्र र स्वतन्त्रताको भावनाबाट प्रेरित भएका बिपी त्यसपछि मात्र नेपालको राजनीतिका राणाविरोधी अभियानमा सक्रिय भएका थिए । नेपालबाट निर्वासित भई भारतको बनारस, कलकत्ता, विहार, पटनालगायत ठाउ“मा बस्दै आएका विभिन्न व्यक्तिहरू र आप्mनै परिवारको अवस्थाबाट परिचित कोइरालाले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्ने उद्देश्य राखी सन् १९४६ को ‘नेपाल आह्वान’ भनेर एउटा लेख लेखी विभिन्न पत्रिकाहरूमा छपाएर भारतका विभिन्न ठाउ“मा बसेका नेपालीहरूलाई जगाउने र नेपालका निम्ति के गर्न सकिन्छ भनेर सल्लाह गर्ने काम गरे । त्यसपछि वि.सं. २००३ साल कात्तिक १५ गते श्री देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरी बिपी त्यस सङ्गठनको संयोजक भए । सोही साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरस्थित खालसा कलेजमा भएको ठूलो सम्मेलनले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना ग¥यो, त्यसको सभापति टङ्कप्रसाद आचार्यलाई बनाइयो । उनी राणाविरोधी गतिविधिमा संलग्न भएका कारण काठमाडौंमा जेल जीवन बिताइरहेका हुनाले का.वा. सभापतिका रूपमा बिपी छानिए । त्यसको लगत्तै विराटनगर जुट मिलका मजदूर कर्मचारीहरूले उद्योग सुधारको बहाना बनाएर राणाविरोधी आन्दोलनको थालनी गरे, जुन जुट मिल आन्दोलनका नाउ“ले प्रसिद्ध भयो । यसको नेतृत्व मजदूर नेता गिरिजाप्रसाद कोइरालाले गरेका थिए भने आन्दोलनको सम्पूर्ण योजना बिपी कोइरालाले गरेका थिए । माता दिव्या कोइरालासमेत जुट मिल आन्दोलनमा पक्राउ पर्नुभएको थियो भने बिपीलाई विराटनगरमा पक्रिएर पैदल काठमाडौं ल्याई थुनिएको थियो । स्वतन्त्रता आन्दोलनकै सिलसिलामा पुनः २००५ सालमा बन्दी बनाइएका बिपीले २९ दिन लामो आमरण अनशन गरेर व्यवस्थाको विरुद्धमा आप्mनो अभियानलाई सक्रिय तुल्याएका थिए । २००६ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाली प्रजातान्त्रिकको एकीकरणपछि स्थापना भएको नेपाली काङ्ग्रेस आजसम्म क्रियाशील नेपालको एक मात्र प्रजातान्त्रिक पार्टी र शक्ति हो, जसमा बिपी कोइराला, किसुनजीजस्ता चिन्तक, गणेशमान सिंहजस्ता साहसी योद्धा, गिरिजाप्रसाद कोइरालाजस्ता सङ्गठकहरूको बलिदानी योगदान गरेको छ । २००६ सालमा गठन भएको नेपाली काङ्ग्रेसले राणाविरुद्ध सशस्त्र आन्दोलन गर्ने भएपछि बिपी कोइरालाले त्यस आन्दोलनको नेतृत्व लिए, फलस्वरूप २००७ सालमा प्रजातन्त्र बहाली भयो । क्रान्तिकारी शक्तिको नेतृत्व गर्दै राजा, राणा र काङ्ग्रेसको संयुक्त सरकारको गृहमन्त्री भएका बिपीलाई राजनीतिक षडयन्त्र गरी २००८ सालमा राजीनामा गर्न बाध्य पारियो । देश र जनताप्रति इमानदार र बफादार बिपी २००९ सालको जनकपुर अधिवेशनबाट पार्टी सभापति भए । २०१२ सालको वीरगञ्ज अधिवेशनले बिपीको समाजवादी नीति पास गरेपछि बिपी प्रजातान्त्रिक समाजवादी आन्दोलनका अगुवा बनेर परिचित हुन थाले । २०१४ सालको भद्र अवज्ञा आन्दोलन सत्याग्रहको सफलता र २०१५ सालको आम निर्वाचनपछि नेपाली काङ्ग्रेसको अत्यधिक ठूलो विजयको नेतृत्व गर्दै बिपी २०१६ साल जेठ १३ गते नेपालको इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । काङ्ग्रेसको समाजवादी नीतिलाई कार्यरूप दिने प्रयत्न गर्दागर्दै २०१७ साल पुस १ गते नेपाली काङ्ग्रेसको सरकारलाई समाप्त गरी बिपीलाई जेल हालियो । २०२५ सम्म आठवर्षे कारावासको कठोर घडीमा बिपीले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याए । २०२५ सालमा जेलबाट छुटेपछि क्यान्सर रोगको उपचारार्थ बेलायत गई फर्केपछि बिपीको दोस्रो निर्वासनमा ८ वर्ष बिताएर २०३३ पुस १६ गते राष्ट्र र राष्ट्रियता खतरामा रहेको महसुस गरी राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल फर्के पनि तत्कालीन पञ्चायती सरकारले बिपीको राष्ट्रवादी भावनाको अपमान गर्दै बिपीलाई पुनः बन्दी बनायो, विभिन्न मुद्दाहरू लगाएर जेलमै सडाउन खोज्यो । तर, बिपीले आप्mना सबै मुद्दामा आफै बहस गरेर योग्यता, क्षमता र निर्दोषताको परिचय दिए । बिपीको अदालतको बयान विशेष महत्तवपूर्ण दस्तावेजका रूपमा अदालतको इतिहासमा सुरक्षित छ । मुलुकभर चर्किएको प्रजातन्त्र र स्वतन्त्रताप्रेमीहरूको दबाबस्वरूप २०३६ सालमा जनमतसङ्ग्रह भए पनि बहुदलवादीहरूलाई पराजित गरियो । जेजस्तो भए पनि चुनावको परिणामलाई हामी प्रजातन्त्रवादीहरूले स्वीकार्नुपर्छ भनी व्यापक विरोधका बाबजुद पनि बिपीले चुनावको परिणामलाई स्वीकार गरेर हुन जाने अनिष्टबाट देशलाई जोगाए भने पञ्चायती निरङ्कुश शैलीको २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बिपीले अस्वीकार गरे । केही साथीहरूले त्यसको समर्थन गरेर गए पनि परिणाम राम्रो भएन । यसरी जीवनको लगभग ६० वर्ष नै नेपाल र भारतको स्वतन्त्रता र प्रजातन्त्रको लडाइ“का निम्ति समर्पित गरेका महान् नायक बिपीको २०३९ साल साउन ६ गते स्वर्गारोहण भयो ।
बिपीको राजनीतिक जीवनको माथि वर्णन गरिएको इतिहास धेरै महत्त्वपूर्ण छ भने बिपीको राजनीतिक निष्ठा, मूल्य र मान्यता एवम् बिपीका राजनीतिक विचारहरू ज्यादै शक्तिशाली एवम् लोककल्याणकारी छन् । बिपी आजीवन आपूm समाजवादी चिन्तन र व्यवहारमा अडिग रहेका व्यक्ति हुन् । बाल्यकालका आर्थिक अवस्था कमजोर भएका समयमा पनि आपूm धैर्यधारण गरी, भरपेट खान नपाउ“दा, खाली खुट्टा एकसरो पातला लुगा लगाएर बनारसका गल्ली चहार्दा वा परिवारको दारुण अवस्थामा पनि जीवनको खास लक्ष्यमा केन्द्रित भएर अघि बढेका बिपी स्वतन्त्रता, समानता, मातृत्व र बन्धुत्वको भावना भएका व्यक्ति हुन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवादका मूलभूत मान्यताहरूमा सधैं विश्वास गरेर अविचलित रहिरहने बिपीका राजनीतिक विशेषताहरूको बयान निश्चय पनि यहा“ सम्भव हुनेछैन । बिपीका आप्mना केही मान्यता थिए, जसलाई हामी उनका महावाणी वा वैचारिक दर्शन पनि भन्ने गर्दछौं । साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ भनी बिपीले साम्यवाद र समाजवादका बीचमा स्वतन्त्रताको अन्तर छ भनेर गरेको परिभाषा होस् वा राष्ट्रियता माटो होइन, यथार्थमा जनताको सामूहिक भावना हो भनेर राष्ट्रियताको खोक्रो नाराले राष्ट्रियता झल्कि“दैन, बरु त्यसमा जनताको राष्ट्रप्रेमी भावनाको वासना र कदर हुनुपर्छ भनी गरेको व्याख्या होस् बिपीका उच्च विचारका नमूना हुन् । देश निर्माणमा अग्रसर हुन प्रेरित गर्ने बिपीका विचार हुन् वा एकमुठी माटो लिएर सोध्नुहोस् त्यसले जे भन्छ त्यही गर्नुहोस्, भन्ने राष्ट्रवादी नैतिकताका कुरा हुन् बिपीका राजनीतिक आदर्श हुन् । नेपालको सन्दर्भमा राष्ट्रवाद के हो ? समाजवाद के हो ? नेपालको अर्थतन्त्र कस्तो हुनुपर्ने वा नेपालमा कस्तो किसिमको प्रजातन्त्र आवश्यक छ भन्नेसम्मका प्रश्नका यथोचित तस्वीर लिएर हि“ड्ने बिपी निर्भीक राजनेता थिए । मित्रराष्ट्रस“ग आपूm र आप्mनो पार्टीको नभएर राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र र आर्थिक उन्नतिका निम्ति योजना प्रस्तुत गर्ने बिपी पा“च दशक लामो क्रान्तिका अग्ला खम्बा हुन् । राष्ट्रियताविनाको प्रजातन्त्र आवश्यक छैन, प्रजातान्त्रिक समाजवाद लोककल्याणकारी राज्य व्यवस्थाको अवधारणा हो । यसका लागि प्रत्येक व्यक्तिमा इमानदारी, त्याग, कर्तव्यपालन, सिद्धान्त र व्यवहारप्रति आस्थावान् हुनुपर्दछ भन्ने भावनाले प्रेरित बिपीको सङ्घर्षशील जीवन र बिपीका राजनीतिक आदर्शहरू गणतन्त्र स्थापनापछिको वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय बनेका बिपीको राजनीतिक जीवनका विशेषता र अभियानलाई बुझ्न उनका राजनीतिक विचार र दर्शनको गहिरो अध्ययन र विश्लेषण आवश्यक छ । यहा“ त्यो सबै असम्भव भएकाले यस आलेखमा केवल परिचयको ससानो झलक मात्र प्रस्तुत गर्न सम्भव भएको छ ।
नेपाली साहित्यको आधुनिक काल १९९१ को प्रारम्भस“गै आख्यान विधाबाट साहित्यमा प्रवेश गरेका कोइरालाले आधुनिक नेपाली कथामा मनोवैज्ञानिक कथाधारालाई प्रवेश गराएका हुन् । त्यस्तै आधुनिक नेपाली उपन्यासका क्षेत्रमा वैचारिक उपन्यासकारका रूपमा परिचित कोइरालाले केही कविताहरू पनि लेखेका छन् । दोषी चश्मा (२००६), श्वेतभैरवी (२०३९), कथासङ्ग्रह तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०) र बाबु, आमा र छोरा (२०४५) उपन्यास कोइरालाका प्रकाशित कृति हुन् भने कोइरालाका कविता र अन्य सामग्रीहरू बिपी कोइरालाका छरिएका सामग्रीका नाउ“मा जीवनचन्द्र कोइरालाले सम्पादन गरेका छन् । बिपीका आप्mनो कथा, आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता आत्मविवरणहरू पनि प्रकाशित भएका छन् । यसरी हेर्दा कोइराला सृजनात्मक क्षेत्रका पनि सशक्त हस्ताक्षरका रूपमा परिचित भइसकेका छन् । मूलतः बिपीको साहित्यिक व्यक्तित्वलाई कथाकार, उपन्यासकार, आत्मकथानक, कवि व्यक्तित्व भनी छुट्टाछुट्टै हेर्न पनि सकिन्छ । साथै कोइरालाले केही नेपाली साहित्यकार र केही साहित्यिक रचनाहरूका साथै आप्mनै रचनाहरूका बारेमा आप्mनो समीक्षात्मक टिप्पणी पनि प्रस्तुत गरेका छन्, जसका आधारमा कोइरालाको समालोचक व्यक्तित्वको पनि परिचय प्राप्त गर्न सकिन्छ ।
बिपी कोइरालाले नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गर्नुपूर्व वि.सं. १९८७ तिरै हिन्दी साहित्यमा लघु कहानीहरू लेख्ने र छपाउने काम गरिसकेका थिए । बनारसबाट प्रकाशित हुने हंस पत्रिकामा बिपीका उहा“, पथिक, अपनी ही तरह प्रकाशित भएका पाइन्छन् भने हिन्दीमा लेखिएको भैया दाइ, विशाल भारत १९८८ र होड हिमाल (२००३) मा प्रकाशित भएका छन् । हिन्दीमा त्यतिखेरै लेखिएका केही कविताहरू पनि छन् भने केही कविताहरू नेपालीमा पनि लेखिएका छन् । शान्तिप्रिय द्विवेदीको प्रेरणाले प्रारम्भमा हिन्दीमा कविता, कहानी लेखेका बिपीको नेपालीमा पहिलोपटक वि.सं. १९९२ को शारदा पत्रिकामा चन्द्रवदन कथा प्रकाशित भएको पाइन्छ । अध्ययन सकेर दार्जिलिङमा गई वकालत गर्ने उद्देश्यले केही समय बसेका बिपीले दार्जिलिङमै रहेका सूर्यविक्रम ज्ञवालीको प्रेरणाले उनकै सम्पादकत्वमा प्रकाशन हुन लागेको नेपाली कथाको पहिलो सङ्ग्रह कथा कुसुम (१९९५) जसमा पुष्करशमशेर, बालकृष्ण सम, गुरुप्रसाद मैनाली र बिपीका कथा सङ्कलित छन् । त्यसमा बिपीका अरू तीनओटा कथा बिहा, शत्रु र सिपाही प्रकाशित भएपछि बिपी आधुनिक नेपाली साहित्यको कथाविधाका संस्थापक, मनोवैज्ञानिक कथाधाराका प्रवर्तक नै भएर देखा पर्दछन् । यसपछि कोइरालाले १९९२–२००६ सम्मका अन्य कथाहरूलाई सङ्कलन गरेर दार्जिलिङबाटै वि.सं. २००६ मा पहिलोपटक दोषी चश्मा कथासङ्ग्रह प्रकाशित गर्दछन् । चन्द्रवदन (१९९२) देखि दोषी चश्मा (२००६) सम्म लेखिएका अत्यधिक कथाहरूको विषय सामाजिक, मनोवैज्ञानिक र नीति चेतना रहेको छ । यी कथाहरूको अध्ययनबाट कथाकार बिपी कोइरालाको प्रवृत्तिगत मूल्याङ्कन वा परिचय दिनुपर्दा उनी मूलतः मनोविश्लेषणवादी, यौनमनोग्रन्थीको चिरफार गर्ने मानिसका सामान्य, असामान्य, यौन र यौनेतर विषयमा कथा लेख्ने मनोविश्लेषणवादी, यथार्थवादी कथाकार हुन् भन्ने निक्र्योल गर्न सकिन्छ । सामान्य नारी यौन मनोविज्ञानको चित्रण गरी लेखिएको चन्द्रवदन, बाल एवम् अनमेल विवाहप्रति व्यङ्ग्य गरी लेखिएको बिहा, पुरुष असामान्य मनोविज्ञान प्रयोग गरी लेखिएको शत्रु, सिपाही मनस्थिति र चरित्रमाथि केन्द्रित भई लेखिएको सिपाही सबै कथा मनोविज्ञानकेन्द्रित छन् र यी सबै कथा प्रसिद्ध छन् ।
वि.सं. २००६ सालसम्म कथा साहित्यमा निकै क्रियाशील रहेको बिपीको साहित्यिक यात्रा औपचारिक रूपमा २०२५ सालसम्म ठप्प हुन्छ । २०१७ सालको राजनीतिक प्रतिबन्धपछि २०२५ सालसम्म कारावास बस्दा बिपीको साहित्यिक जीवन पुनः प्रारम्भ हुन्छ । यसै अवधिमा कोइरालाले ६ ओटा उपन्यास र एउटा कथासङ्ग्रह लेखेको पाइन्छ भने २०२५ सालदेखि २०४५ सालसम्म क्रमशः बिपीका ती कृतिहरू प्रकाशित हुन्छन् । प्रसिद्ध मनोवैज्ञानिक कथाकारका रूपमा मात्र परिचित कोइराला प्रसिद्ध वैचारिक, दार्शनिक, मनोवैज्ञानिक, अस्तित्ववादी एवम् यस्तै अनेक विशेषतासहितका उपन्यासकारका रूपमा पनि परिचित र स्थापित हुन पुग्छन् । लेखनको कालक्रम फरक रहेको भए पनि प्रकाशनको क्रमअनुसार उपन्यासकार कोइराला र ती उपन्यासमा अभिव्यक्त विचारको केन्द्रमा बिपीलाई यसप्रकार चिनाउन सकिन्छ—
तीन घुम्ती (२०२५) बिपीको प्रथम प्रकाशित उपन्यास हो । काठमाडौंको परिवेशमा रचना गरिएको यो उपन्यास नारी पात्रप्रधान छ । इन्द्रमाया भन्ने मूल नारी पात्रले यौवनको समयमा पीताम्बर भन्ने ब्राह्मण युवकस“ग आप्mनै निर्णयमा प्रेम विवाह गरेर प्रवेश गरेको, लोग्नेको बाबु बन्न सक्ने पौरुष क्षमता नरहे पनि लोग्नेको अनुपस्थितिमा रमेश भन्ने युवकस“ग यौन संसर्ग गरेर छोरी जन्माएर आमा बन्ने अधिकार प्राप्त गरेको र राजनीतिक मुद्दामा जेल गएको अवस्थामा परपुरुषसम्मको सहवासबाट जन्मेकी छोरीलाई लोग्नेले स्वीकार गर्न नमानेपछि आमा र नारी अस्तित्वको सुरक्षा गर्ने अडानसहित लोग्नेलाई छाडेर छुट्टै बस्ने निर्णय गरेको यिनै तीनओटा निर्णयलाई तीन घुम्तीको संज्ञा दिई उपन्यासको नाम तीन घुम्ती राखिएको छ । अन्तरजातीय प्रेम विवाह, नारी अधिकार र अस्तित्वलाई प्राथमिकता दिई लेखिएको यो उपन्यासलाई कोइराला स्वयम्ले नारी समस्यालाई सशक्त नारी पात्रका माध्यमबाट दर्साइएको, साहसी, अनुकरणीय काम गर्ने विद्रोहिणी इन्द्रमाया पुरुष पात्रभन्दा उपल्लो तहकी छ । जैविक अस्तित्ववादका सन्दर्भमा हेर्नुपर्ने यौनको शिष्ट प्रयोग भएको कृति मानेका छन् ।
नरेन्द्र दाइ (२०२७) बिपीको प्रकाशनका दृष्टिले दोस्रो उपन्यास हो । तराईको आञ्चलिक परिवेशमा निर्माण गरिएको वा यो उपन्यासमा नरेन्द्र दाइ, उनकी विवाहित पत्नी गौरी, नरेन्द्रकी प्रेमिका मुनरिया र सानो बाबुको अवस्था र मनस्थितिलाई समेटिएको छ । हट्टाकट्टा नौजवान नरेन्द्र दाइलाई उमेर पुगेकी तर शरीर विकसित हुन नसकेकी गौरीलाई बिहे गरिदिएपछि पारिवारिक मनमुटाव प्रारम्भ भएको र नरेन्द्र दाइले आप्mनो उमेर र अवस्था सुहाउ“दी, घरमै काम गर्ने केटी मुनरियालाई लिएर हि“डेपछि परिवारमा उत्पन्न तनाव र विशेषतः विवाहित पत्नी गौरीमा उत्पन्न भएका मनोभावहरूको चित्रण उपन्यासमा गरिएको छ । आप्mनो इच्छाविरुद्ध परिवारले भिराइदिएकी पत्नी गौरीलाई परिवारकै जिम्मा लगाइदिएर आप्mनो छनोटकी मुनरियालाई लिएर बनारस पुगेको नरेन्द्र र मुनरियाका बीचको प्रेम सम्बन्ध पनि त्यति प्रगाढ हुन नपाउ“दै नरेन्द्रलाई क्षयरोग लागेपछि बा“च्ने औचित्य समाप्त भइसकेको नरेन्द्र मुनरियाको जोडबलमा पुनः विराटनगर विवाहित पत्नी गौरीको शरणमा आइपुगेको र रोगी भए पनि आप्mनो पतिलाई आप्mनो साथमा पाएर पतिपरित्यक्ता गौरी अतिशय सुखले विक्षिप्त बन्न पुगेकी गौरीले नरेन्द्रको आगमनपछि सानो बाबुलाई लेखेका पत्रहरूको विवरण प्रस्तुत गरिएको यो उपन्यासलाई बिपीले यथार्थ घटनामा, सत्यतामा आधारित, मानिसको स्वभाव होइन नियति पक्ष बलवान् रहेको, निर्माण पक्ष प्रबल रहेको कृति मान्दै यस कृतिबाट आपूm पूर्णतः सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
सुम्निमा (२०२७) सांस्कृतिक विषयवस्तुमा आधारित यो उपन्यास नारी पात्रप्रधान रहेको छ । हिन्दू आर्यसभ्यता र संस्कृतिका कट्टर अनुयायी सोमदत्त र पुलोमा अनि अनार्य किरा“त संस्कृतिकी पृष्ठपोषक सुम्निमा प्रमुख पात्र रहेको यो उपन्यासमा आर्य र अनार्य संस्कृतिका बीचको द्वन्द्व देखाएर त्यसमा समन्वयको चाहना राखिएको छ । अनार्य बाला सुम्निमा र कट्टर आर्य ब्राह्मण सोमदत्तको बाल्यकाल एउटै ठाउ“मा स“गै गाईवस्तु चराएर व्यतित भएको, त्यही समय ग्रामीण नग्न बाला सुम्निमाको पहे“लो शरीरको सौन्दर्य र उसको प्राकृतिक स्वभाव भौतिक देहवादी जीवनवादी चिन्तनबाट आपूmलाई पृथक् राखेर इन्द्रिय दमनको कठोर अनुष्ठान सम्पन्न गरी आत्मसाक्षात्कार गर्न तल्लीन सोमदत्तको आध्यात्मिक आत्मवादी चिन्तनका बीचको द्वन्द्वले उपन्यासमा गति पाएको छ । सुम्निमाबाट टाढिएर आत्मचिन्तनमा लागेको सोमदत्तको मनमस्तिष्कमा सधैं सुम्निमा नामको विम्ब बस्न गई सोमदत्त योग र निष्ठामा विफल बनेको छ भने सोमदत्तको तस्वीर मनमा पालेर अर्कैस“ग बिहे गरी बसेकी सुम्निमा पनि मनले सुखी रहन सकेकी छैन । यस्तै नियम र निष्ठामा कट्टर पुलोमा र सोमदत्तको वैवाहिक जीवन र पुत्रेष्ठी कर्म असफल भएपछि सुम्निमाको मानव देहलाई जगाउने मनुवादहको उपचार र पुलोमाभित्रको मानस विम्ब भिल्ल युवकस“गको ती दुईको सहवासबाट इन्द्रिय सुख र सन्तान प्राप्त गरेका सोमदत्त र पुलोमाको नैष्ठिक जीवन सुखी रहन सक्दैन । भौतिक जीवनप्रतिको उनीहरूको वितृष्णाले उनीहरूको सबै कर्म विफल भएका सोमदत्त र पुलोमा अनि अर्कोतिर मनले सुखी रहन नसकेकी सुम्निमाको जीवनका अवस्थाहरूलाई देखाएर आध्यात्मिक र भौतिक अतिवादी चिन्तन सफल जीवनका बाधक हुन् भन्ने सन्देश यो उपन्यासको विषयवस्तुले प्रवाह गरेको छ ।
मोदिआइन (२०३६) पौराणिक महाकाव्य महाभारतको भीष्म पर्वको कथालाई आधार बनाएर लेखिएको यो उपन्यासमा उपन्यासका लेखक ९÷१० वर्षको बालक छ“दा भारतको दरभङ्गामा भेट भएकी मोदिआइनले कुरुक्षेत्रको युद्धका बेला आप्mनो प्राण प्याराहरूलाई गुमाएका स्वजनहरूमध्येकी मोदिआइन, उसको पहिलो जन्म मछुवारिन र त्योभन्दा पहिलो जन्मकी नारीले आपूmले भोगेको घटना भन्दै कुरुक्षेत्रको युद्धको बयान सुनाएको घटनालाई विषय बनाइएको छ । विशेषतः कौरव र पाण्डवहरूको अंशबन्डासम्बन्धी समस्याले उब्जाएको युद्धको अवस्थामा पाण्डवहरूको पक्षमा लागेका भगवान् श्रीकृष्णले आप्mना स्वजन र बन्धुबान्धवलाई मार्ने युद्ध गर्न चाहन्न भनी पछि हट्ने मानव स्वभावका अर्जुनलाई युद्ध गर्नैपर्ने निर्देशन दिन कर्मयोगको उपदेश र आप्mनो विराट रूपको दर्शन गराएर उत्तेजित गराउने श्रीकृष्णप्रति यो उपन्यासमा कटाक्ष गरिएको छ । मानिस देवता पनि होइन र पशु पनि होइन । मानिस मानिसकै तहमा बस्नुपर्छ र मानव संहारजस्तो अमानवीय कर्मले मानव अस्तित्व सङ्कटमा परेकाले महाभारतको युद्ध शान्ति र मानवताको निम्ति कलङ्क हो भन्ने निष्कर्ष यो उपन्यासको रहेको छ । त्यसैले ठूलो मानिस होइन असल मानिस बन भन्ने सन्देश प्रवाह गर्ने यो उपन्यासलाई बिपीले मानवताको पक्षमा लेखिएको, परम्परागत सोचाइभन्दा अलग प्रकारले विषयवस्तुलाई उठाइएको आप्mना सबै कृतिहरूमध्ये सबभन्दा बढी रुचाएको प्रतिक्रिया दिएका छन् ।
हिटलर र यहुदी (२०४०) यो उपन्यास लेखकको युरोप यात्रा विवरणमा आधारित छ । क्यान्सर रोगको उपचारको निम्ति पहिलोपटक भारत र दोस्रोपटक बेलायत जाने क्रममा कलकत्ताबाट पानीजहाज चढेर ११ दिनसम्म यात्रा गरी लन्डनमा उपचार गरेर फर्किने क्रममा बर्लिन, हानोवर हु“दै इजरायलको निम्ति उड्ने समयसम्मको विवरण यसमा समेटिएको छ । मूलतः दोस्रो विश्वयुद्धको दुष्प्रभाव, मानवतामाथि भएको डरलाग्दो प्रहार र त्यसले यहुदीलगायत संसारभरका मानिसले भोगेको युद्धको पीडालाई केन्द्रबिन्दु बनाएर युद्ध र हिंसा चाहे त्यो धर्म र कर्तव्यको नाउ“मा भएको कुरुक्षेत्रको युद्ध होस् या राष्ट्र र जातिको नाउ“मा भएको दोस्रो विश्वयुद्ध होस् दुवै निन्द्य छन् । मानवताको संरक्षणका खातिर यस्ता हिंसा र अमानवीय कर्मको विरोध गर्नुपर्छ, असहमति जनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने यो उपन्यासलाई कोइरालाले दोस्रो विश्वयुद्धपछि देखा परेका विभिन्न द्वन्द्वात्मक पक्ष, वैचारिक विविधता र हिटलरले आपूmलाई सानो ईश्वर सम्झि“दा भएको नागरिकको बिचल्लीलाई चित्रण गरिएको मानवताकै पक्षमा लेखिएको उपन्यास भनेका छन् ।
बाबु, आमा र छोरा (२०४५) यो कोइरालाको पछिल्लो प्रकाशित उपन्यास हो । सामाजिक जीवनकै विषयवस्तुमा लेखिएको यो उपन्यासमा हाम्रो समाजमा हुने विवाह र प्रेमसम्बन्धी घटनाहरूलाई उठाइएको छ । बनारसमा पढ्दै गरेकी २१ वर्षजतिकी युवती उमा जसले आप्mनै उमेरको शिव बस्नेतस“ग प्रेम विवाह गरी गर्भवती पनि भइसकेकी थिई, उसको बाबु, आमाको आग्रह र जिद्दीमा आपूmभन्दा दोब्बर उमेरको दोस्रो विवाहको प्रौढ पुरुषस“ग विवाह हुन्छ । संयोगले उक्त पुरुष आप्mनै प्रेमी शिवको विदुर बाबु रहेको र पत्नीका रूपमा घर भित्रिएको उमा मनले, प्रेमले, भावनाले छोराकी प्रेमिका र व्यवहारले बाबुकी पत्नी बनेर बस्नुपरेको अनौठो घटनामा यो उपन्यास संरचित छ ।
बिपीले आपूm र समाजप्रति सधैं न्याय गर्ने उद्देश्य राखेका छन् । आप्mना बारेमा उठ्ने भ्रमहरूलाई निराकरण गर्न सकियोस्, सकेसम्म आप्mनो जीवनीबारे सबैले जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नै सायद बिपीले आप्mनो कथा (२०४०), जेल जर्नल (२०५४), आत्मवृत्तान्त (२०५५) र फेरि सुन्दरीजल (२०६५) मा प्रकाशित आप्mनो जीवनी र दिनचर्या बारेका यावत् कुराहरू लेखेका हुनुपर्दछ । आपूmलाई नढा“टेर, नलुकाएर सरल भाषामा जीवनका महत्त्वपूर्ण मात्र होइनन्, सामान्य कुराहरूसमेत लेखेर अभिलेख राख्ने बिपीको यो विधातर्फको लेखनलाई साहित्य, राजनीति र समाजसेवातर्फको संयुक्त अभिव्यक्ति मान्न सकिन्छ ।
बिपी कोइरालाका छरिएका सामग्री (२०५८) यो कृति जीवनचन्द्र कोइरालाले सङ्कलन र सम्पादन गरेका हुन् । धेरै परिश्रम गरी तयार गरिएको यस कृतिमा बिपी कोइरालाका विभिन्न सामग्रीहरू सङ्कलन गरिएको छ । विभिन्न पत्रपत्रिकाहरूका निम्ति विभिन्न व्यक्तिहरूलाई दिएका ११ ओटा महत्त्वपूर्ण एवम् चर्चित अन्तर्वार्ताहरू, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका २२ ओटा लेख, निबन्ध, संस्मरण र कथा, नेपाली भाषाका १२ ओटा र हिन्दी भाषाको एउटा कविता, बिपीका टिप्पणी, शुभकामना, सन्देश र मन्तव्य २३ ओटा, बिपीले विभिन्न व्यक्तिलाई लेखेका चिठीहरू २८ ओटा, बिपी कोइरालालाई नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका चिठी ६ ओटा र बिपीले व्यक्त गरेका विभिन्न विचारोत्तेजक मन्तव्यहरू २१ गरी जम्मा १ सय २४ ओटा दुर्लभ सामग्री सङ्कलन गरिएको छ । यस ग्रन्थबाट बिपीको अन्तर्वार्ताकार, निबन्धकार, कवि, समालोचक, पत्र लेखक र वैचारिक लेख लेख्ने व्यक्तित्वको परिचय प्राप्त गर्न सकिन्छ । विशेषतः प्रकाशमा आउन नसकेका बिपीका विभिन्न व्यक्तित्वको परिचय प्राप्त गर्न र बिपीबारेको समग्र जानकारी राख्न यो ग्रन्थमा संलग्न गरिएका बिपीका सामग्री निकै नै उपयोगी छन् ।
विश्वेश्वरप्रसाद कोइरालाको जीवनी र व्यक्तित्वबारे भएका धेरै अध्ययन र अनुसन्धानहरूले विभिन्न कोणबाट प्रकाश पार्ने काम गरिरहेको यस परिप्रेक्ष्यमा एउटै आलेखमा सकेसम्म सबै पक्षलाई समेटेर प्रयासमा यो लेख तयार पारिएको हो । बिपीको बहुआयामिक व्यक्तित्वका मूलभूत कुराहरू समेटिऊन् भन्ने उद्देश्य राख्दा यो विवरण परिचयात्मक मात्र बन्न सकेको छ । बिपीबारेका जिज्ञासु पाठकहरू र नया“ पुस्ताका अध्येताहरूले सङ्क्षेपमै भए पनि केही जानकारी प्राप्त गर्न सक्लान् भन्ने विश्वास लिइएको छ । बिपीको जीवन बाल्यकाल, शिक्षादीक्षा, राजनीतिक र साहित्यिक व्यक्तित्वबारे विभिन्न स्रोतबाट प्राप्त जानकारीहरूको विवरण दिने प्रयत्न गरिएको यस लेखमा स्रोतको अभाव, जानकारीको कमी वा अन्य विभिन्न कारणले छुट्न गएका विषयहरू स्वीकारयोग्य छन् र रहनेछन् ।
माथि वर्णित विभिन्न क्षेत्रमा बा“डिएर विस्तृत भएको बिपीको व्यक्तित्वका आयामहरूले जननायक कोइरालाको विशिष्ट योगदान र नेपाली राष्ट्रिय जीवनमा बिपीको योगदानको सुस्पष्ट परिचय दिन्छन् । राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा अराजकतावादी जीवन दृष्टि र दर्शनलाई आत्मसात् गरेका बिपी नेपाली राजनीतिक र साहित्याकाशका चम्किला तारा हुन् । विपरीत धर्म र स्वभाव रहेका दुई पृथक् विधा क्षेत्रमा एकअर्काप्रति समान न्याय गर्दै निर्माण भएको बिपीको व्यक्तित्व नेपालको सन्दर्भमा ज्यादै महत्त्वपूर्ण रहेको छ । हिजो बिपीलाई गाली गरेर नथाक्नेहरू आज आएर उनको विचारका समर्थक बन्दै गएका छन् भने नेपाली साहित्य र राजनीतिमा उनको अभाव बोध गरिरहेका छन् । सा“च्चै एउटा राजनेता र कुशल शब्दशिल्पी हुन त्यति सजिलो छैन, जुन कुरा बिपीको जीवनी, उनको राजनीतिक दर्शन र साहित्यिक विचारहरूले पुष्टि गरेका छन् । बिपी जन्मशताब्दी मनाइरह“दा हामी बिपीका योगदानको बयान त गर्दै छौं त्यसका साथमा बिपीको सिद्धान्त, आदर्श, निष्ठा र विचारका सच्चा अनुयायी बनेर सबै कुरालाई व्यवहारमा रूपान्तरण गर्न सकेको खण्डमा वास्तवमा बिपीप्रति सच्चा श्रद्धाञ्जलि दिएको ठहरिनेछ । बिपी जन्मशताब्दीको अवसरमा हुने विभिन्न कार्यक्रमले बिपीको व्यक्तित्वबारे थप प्रकाश पार्ने नै छन् । नेपाली राजनीति र साहित्यका शिखरपुरुष बिपी कोइरालाप्रति शब्दश्रद्धा प्रकट गर्दछु । सभार बिपी बिचार बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x