१५ जेष्ठ २०८१, मंगलवार

नेपाललाई कहिले लिपुलेक त कहिले सगरमाथा,लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न-प्रचण्ड

एसीपी संवाददाता

२८ बैशाख २०७७, आईतवार ०८:४० मा प्रकाशित

लकडाउनको समस्या झेल्दै आएको नेपाललाई कहिले लिपुलेक त कहिले सगरमाथाको घटनाले राजनितीक परिवर्तन भईरहेको आभाष शुरु भएको छ । अनलाईलखबरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । भने बिभिन्न समाचार माध्यमहरुले नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन । समाचार अनुुसार, ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरु सहित सगरमाथाको फेदीमा पुगेका छन ्। उनीहरु मे ५ तारिक नै सगरमाथाको फेदीबाट चुचुरोतिर हिडेकोबारे फ्लाईओभर चाइना नामक संस्थाले सामाजिक सञ्जालमा सार्वजानिक गरेको छ । उसले सगरमाथाको फेदीमा केही चिनियाँको लस्कर देखिने गरीको फोटो पनि पोस्ट गरेको छ । नेपाल सरकारले गत वर्षदेखि नै एउटा बृहत प्रोजेक्ट बनाएर सगरमाथाको उचाइ नाप्ने विविध तयारी गरिरहेको छ । चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले ठूलो सन्देह पैदा गरेको छ । चीनको नियतमाथि प्रश्न पनि उठेको छ । नेपालीहरु दक्षिणतर्फको छिमेकी मुलुक भारतको हेपाहा प्रबृत्तिको शिकार भई आक्रान्त भइरहेको अवस्थामा उत्तरको छिमेकी मुलुक चीनले पनि उस्तै हेपाहा प्रबृत्ति देखाउन खोजेको यो घटनाले देखाएको छ । यसै बीच भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x