३० असार २०८१, शनिबार

आधा—————माया

एसीपी संवाददाता

३० बैशाख २०७७, मंगलवार ०५:२५ मा प्रकाशित

सुविन विश्वकर्मा

सुविन विश्वकर्मा `एजेन्ज मारिज ? त्यो पनि अहिलेको समयमा? माफ गर्नुहोला महाशय! मैले हजुरको कुरामा रतिभर पनि बिश्वास गरिन।´ उसले चार वटा स्याड एमोज ठेली। `मैले भनेका हरेक कुरा तपाईंले बिश्वास गर्नुपर्छ भन्ने पनि त छैन। मैले तपाईंको प्रश्नमा मेरो बिचार भनेको हो। मान्नु नमान्नु त्यो तपाईंको इच्छा।´ यति लेखेर सात वटा एङ्ग्री स्टिकरले झटारो हानिदिए। त्यसपछि उसको रिप्लाई आयो। `सरी हजुर! मेरो इन्टेन्सन त्यो थिएन। मैले त तपाईंको प्रेमको बारेमा इनडाइरेक्टिली सोधेकी थिए तर तपाईंले बुझ्नु भएन र सिधा जवाफ दिनुभयो। वास्तवमा कुरा घुमाएर तपाईं रिलेसनमा हुनुहुन्छ कि नाइ भनेर जाच्न खोजेकीथे तर…´ त्यो मेसेज हेरे। धेरै बेर बुझ्न खोजे पनि तर रिप्लाई गर्नै आएन ।

आधा माया

उसले अगिको बदला राम्रै सङ्ग लिन भ्याईहाली रत त्यो मेरो एङ्ग्री वाला स्टिकर कपी पेस्ट गरेर मलाई पठाइदिएकी। त्यो सँगसँगै मेसेज पनि लेखी `के हो पारा मेसेज सीन अनि रिप्लाई छैन है?´ `केही लेख्नै आएन नि त नरिसाउनुन।´ निन्द्रा लाग्ने कुनै छाटकाट नै थिएन तर नसुती अरु विकल्प पनि थिएन। मोबाइल खेलाउदै त थिए तर कति बेला निदाएछु थाहै भएन। दिनहरु सामान्य रुपमा बित्दै थिए। कलेज, काम घर अनि कहिलेकाही साथिहरु सङ्ग घुमघाम र अरु अरु…।हेर्दाहेर्दै ५ दिन बितेछ तर उसलाई अनलाइन देखिन। खै! कस्तो सम्बन्ध भनौ म यसलाई? प्रेम भनौ; उसलाई राम्रो सँग चिनेको सम्म छैन। प्रेम हैन भनौ; उसँग बोलिरहन, नजिक भैरहन मन हुन थाल्यो। कतै म उसलाई प्रेम त गर्न थालिन? अह! यो सब हुनु हुदैन। पाँच दिन सकिएर छ दिन लाग्दै गर्दा उसको मेसेज आयो। `आइ वान्ट टू मिट यु, राइट नाउ´ `सरी?´ `लोकेसन- पाचखाल पार्क; समय- १० बजे। म तपाईंलाई पर्खिरहेकी हुनेछु।´ यति भनेर उ अफलाइन भैहाली। के गर्ने के नगर्ने केही सोच्नै सकिन तर उसका ती मेसेजहरु हेर्दा उ केही समस्यामा छ जस्तो लाग्यो। धेरै बेर सोचेपछी अन्ततः मैले जाने निर्णय गरे। म १२:३० तिर त्यहाँ पुगेको हुदो हो तर पनि उ पर्खेर बसिरहेकी रहीछ। देख्ने बितिक्कै उसले गहिरो श्वास लिइ र भनी `बिश्वास तोड्नु भएन। खुसी लाग्यो।´ रुन ठिक्क परेकी युवती जस्तै भएको आकाश, अलिकति कालो- निलो बादल अनि सुस्तरी चलेको चिसो बतास। ठिक दुई भित्ताको आसपासमा बसेका छौ हामी। रेसमी कपाल, आखामा अलिकति गाजल, ओठभरी चुहिएला जस्तो लिपस्टिक अनि भर्खर नुहाएर आएको त्यो मगमग वास्ना आइरहेको कपाल। मैले एकचोटि नजानिदो पाराले हेरे। उसले पनि बोल्ने आट गरिन अनि मैले पनि। उसको फोन आइरहेको थियो। त्यो देखेर मैले भने `फोन उठाउ न। अर्जेन्ट हुन सक्छ।´ फेरि एकचोटि लामो श्वास लिएर भनी `यो फोन उठाएर यो प्रेमिल माहोल बिर्गान चाहान्न?´ `बुझिन?´ `मैले बुझाएकै छैन।´ `बुझाउ न त´ `सुन्न सक्नु हुन्न तपाईं। त्यसैले भन्न नचाहेकी मात्र।´ `भन छिटो।´ `सुन्ने हो, साच्चै?´ `अँ´ `मेरो बिहे हुदैछ। म भागेर तपाईलाई भेट्न आएकी। कम से कम बिहेपछि भेट्न नपाए पनि।´ म केही बोलिन। उसलाई पिलिक्क एकचोटि हेरे मात्र। उसले फेरि भन्दै गइ `मलाई अहिले बिहे गर्नै मन छैन।´ `त्यसो भा यहि कुरा घरमा किन भन्दिनौ?´ `घरमा मेरो कुरा सुनिदिने कोहि छैन। वास्तवमा मेरो जन्म दिने आमा हुनुन्न। सौतेनी आमा हुनुन्छ। उहाले आफ्नो स्वार्थका लागि मलाई बीस बर्ष जेठो केटोसँग विवाह गराउनु हुदैछ। आज उनीहरु आउदैछन त्यसैले म यहाँ भागेर आएकी।´ `किन आको त?´ `बिहे भैहाल्यो भने पनि बिहे भन्दा अगिको अन्तिम इच्छा पूरा गर्न चाहान्छु।´ `के?´ `आइ लभ यु सिन्स टु इयर्स अगो।´ `बट आइ डन्ट। के भन्छौ यार तिमी? जाबो फेसबुकको च्याटमा बोलेको आधारमा प्रेम हुन्छ कतै? म बाट यो संम्भव छैन।´ म त्यहा बाट हिड्न एक पाइला अगि मात्र के अगाडि बढाएको थिए। उसले मेरो हात समाई। `आखिर के चाहन्छौ तिमी?´ `अबको बाकी जिन्दगी तपाईसँग बिताउन चाहान्छु। मेरा ती शिरानीलाई सोध्नुस कति रातहरु तपाईंको यादमा बिताको छु। मेरो त्यो डाइरीलाई सोध्नुस कति सपनाहरु तपाईसँग कोरेकी छु। अनि मेरो मनमा हेर्नुस कति माया संगालेर राखेकी छु। तपाईंको मायामा माछा जस्तै पौडिन चाहान्छु। तपाईंसँगै ग्रेटवाल चड्न चाहान्छु। चाहे बाटो काडैको किन नहोस; तपाईंको हात समाएर जिन्दगीका यात्राहरु पुरा गर्न चाहान्छु। बस यति मात्र। उसले यति भनिरहदा एकचोटि सोचेको पनि थिए; यो केटी पागल नै होकि क्या हो! तर उसको अनुहारमा पीडा नै पिडाहरु मडारिरहेका थिए। एकदमै निर्दोष थियो उसको अनुहार। त्यसमै केही आस लुकेको जस्तो देखिन्थ्यो। तर मैले केही बोलिन। लाग्थ्यो हामी त्यतिबेला पहिलोपटक हैन; बर्षौ देखि भेटिरहेका छौ। सायदै कम मुन्छेको पहिलो भेटमा त्यस्तो कुराहरु हुन्छ। जीवनमा आफुले माया गर्ने मान्छे थुप्रै हुन्छन तर आफुलाई माया गर्ने धेरै कम। फेरि सोधे। `साच्चै माया गर्छौ मलाई? साथ दिन्छौ जिन्दगीभर?´ `बिश्वास गरेर हेर्नुस।´ `ठिक अबको दुई बर्ष प्रतीक्षा गर। यदि तिम्रो माया साचो हो भने दुई बर्ष पर्खेर बस।´ `अनि यत्रो समय म के गरेर बस्नु?´ `त्यो तिम्रो समस्या हो। हेर, जिन्दगीका कुनैकुनै लडाइ आफै लड्नुपर्छ। यो समय जसरी हुन्छ कुरेर बस।´ त्यसपछि एक शब्द नबोली हामी आआफ्नो बाटो लाग्यौ। समयले कोल्टे फेरिसकेछ। दुई वटा बसन्तहरु पार भएछन। पृथ्वीले सुर्यलाई कति पटक फन्को लगायो; पृथ्वीमा कति नयाँ अनुहार आए? कति पुराना अनुहार गए? त्यो मेरो जन्मदिन थियो। अपरिचित नम्बरबाट मेसेज आयो। `ह्याप्पी बर्थ डे हजुर। जिन्दगीभर खुसी मिलोस। अझ म त भन्छु मेरो भागको सबै खुसी हजुरलाइ नै सरोस। जन्मदिनको एक दस सय हजार लाखौ लाख शुभकामना; हजुरलाई।´ नम्बर अपरिचित थियो; रिप्लाई दिनु परिहाल्यो। `धन्यवाद तर सरी चिनिन मैले।´ `तर मैले चिन्छु।´ `कोहो तपाईं?´ `मलाई था छ तपाईंले मलाई बिल्कुल भुलिसक्नु भा छ। तर मैले बाचुन्जेल भुल्न नसक्ने भए।´ `को हो के?´ तपाईंले भने जस्तै भैराछ जीवनमा `प्रेम खराब हुन्छ। प्रेमले मान्छेलाई बर्बाद बनाउछ भनिरहेका हुन्छौ अनि गरिरहेका पनि हुन्छौ।´ `आखिर तपाईं…?´ `तपाईंको मनको कुनै एउटा सानो अन्तरक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x