लकडाउनका कारण लामो समयदेखि घरमै बसेका,संक्रमित बालबालिकालाई खेल सामग्री प्रदान


लकडाउनका कारण लामो समयदेखि घरमै बसेका बालबालिकाका लागि पनि अब केही सोच्नुपर्छ, बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था तथा स्थानीय सरकारका वीचमा सहयोग आदान प्रदान शुरु भएको छ ।
यसै क्रममा मंगलबार रुसुफ नेपाल र स्वतन्त्रता अभियानले बाँकेका कोरोना संक्रमित बालबालिकालाई खेल सामग्री प्रदान गरेका छन् ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा उपचाररत बालबालिकाका लागि रुसुफ नेपालका अध्यक्ष मुस्ताक अली राईले खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिलाई आज ती सामग्री हस्तान्तरण गर्नुभएको हो । लुडो, बल, प्ले डग, कलारिङ बुक, डल, स्टोरी बुक लगायतका सामग्री प्रदान गरिएको छ । आइसोलेसनमा बस्दा बालबालिकालाई मनोवैज्ञानिक असर नपरोस् र समय ब्यतित गर्न सहज होस् भनेर आफूहरुले खेल सामग्री सहयोग गरेको राईले बताउनुभयो । दुबै संस्थाले आज संयुक्तरुपमा १० हजार मूल्य बराबरका खेल सामग्री प्रदान गरेका हुन् ।