१४ मंसिर २०८०, बिहीबार
नेपालमा २८८ जना कोरोना भाइरसका संक्रमित


नेपालमा २८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।
मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनबाट उक्त जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कूल संक्रमितको संख्या पुगेको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन् ।
अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।
Subscribe
Login
0 Comments