कैलाली,कंचनपुरमा दुइ जना पुरुषको मृत्यू, मृत्यूको कारण खुल्न बाँकी,गुलरियाका ५५ वर्षीय पुरुषको मृत्यु


कैलालीका धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको छ । उनको बुधबार बिहान ६ बजे मृत्यु भएको हो । यसैबीच कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो । यसैबीच
गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृतले जानकारी दिए । अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए ।
कृष्णपुर नगरपालिका वार्ड नं(७ का वार्ड अध्यक्ष ,नेपाली कांग्रेसका नेता कल्लु राना राती करिब ११ बजे रास्ट्रिय माबी स्कुलमा क्वारेन्टाइनको ब्यबस्थापन गर्ने क्रममा अकस्मात हृदयघात भइ निधन भएको छ
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो । मृतक दुबै जनाको स्वाव संकलन गर्ने गरी कोरोना भाइरसको चेक जाँचका लागि पठाउने बताएका छन् ।