२१ कार्तिक २०८२, बिहीबार
नेपालीहरु स्वदेश फर्केने क्रम जारी
नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट दुई दिनमा ८ सय बढी नेपाली नागरिकको उद्धार गरिएको छ। शुक्रबार २ सय ८३ र बिहीवार ५ सय ७६ जनालाई स्वदेश भित्र्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
साथै ९ भारतीय नागरिकलाई पनि पठाइएको उनले बताए। भित्रिएका उनीहरुको सामान्य ज्वरो मात्र जाँचिएको छ। सम्बन्धित जिल्लामा उनीहरुलाई पठाइएको छ।उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
Subscribe
Login
0 Comments



