कोभिड १९ को स्याम्बल संकलनमा रहेका लाई एक दिने प्रशिक्षण


नेपालगंज १९ गते बाँके । आड्रा नेपालको संयोजनमा कोभिड १९ कोरोना भाइरस सेम्पल कलेक्सनमा रहेका ल्याब टेक्निसियन र असी.ल्याब टेक्निसियनका सहयोगीलाई एकदिने प्रशिक्षण दिईएको छ । भेरी अस्पतालको सभाहालमा प्रशिक्षण कार्यक्रमको आयोजना गरी बिभिन्न गाउँपालिका नगरपालिकाका स्वास्थ्य सेवामा आबद्धहरुलाई एक दिने प्रशिक्षण टे«निग दिइएको हो ।
प्रशिक्षक स्वास्थ्य मन्त्रालयका सुलभ आचार्य र भेरी अस्पताल सन्दिप पोख्रेलले प्रशिक्षण दिएका हुन् । बाँकेका गाउँपालिका नगरपालिका सहित स्वास्थ्य संग आबद्ध मध्ये कोभिड १९ सेम्पल कलेक्सनमा रहेका ल्याब सेवा प्रदायकहरुका लागी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँके , भेरी अस्पताल र आड्रा नेपालको संयोजनमा कोभिड १९ को शंकास्पद बिरामी तथा कन्टेक्ट ट्रसिंगमा परेका ब्यक्तीहरुको पिसीआर स्याम्पल कलेक्सन तथा आडीटी जाँच सम्बन्धि ल्याब सेवा प्रदायकहरु लाई प्रशिक्षीत गरिएको छ ।
संकास्पद बिरामी, उनीहरुको कन्ट्याक्ट ट्रेसिङ, पहिलो चरणमा गरिने आरडिटी स्याम्पल कलेक्सन र जाँच गर्ने कार्य सहज बनाउन जिल्लाका सेवा प्रदायकहरुलाई तालिम दिइएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल र आड्रा नेपालको समन्वय तथा सहकार्यमा प्रदान गरिएको तालिमसंगै जिल्लामा कोरोनाको स्याम्पल कलेक्सन गर्नसक्ने दक्ष जनशक्तिको संख्या ३० पुगेको स्वास्थ्य कार्यलय बाँके कोभिड १९ का फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।