४ बैशाख २०८१, मंगलवार

युवा संगठन नेपाल, जाजरकोटले एमसीसी सम्झौताको बिरोध गरेको छ

एसीपी संवाददाता

१९ जेष्ठ २०७७, सोमबार १४:३८ मा प्रकाशित

युवा संगठन नेपाल, जाजरकोटले एमसीसी सम्झौताको बिरोध कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले पनि पार्टिको केन्द्रिय कार्यक्रम अन्तर्गत आज जेठ १९ गते एमसीसी सम्झौताको बिरोध कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी) जाजरकोटका सचीव दिपेन्द्र सिंहले बताए । यतिबेला बिश्व कोरोना संग सामना गरिरहेको छ। र नेपाल पनि कोरोना संगको लडाईमा तीब्र रुपले लडिरहेको बेला नेपालकका निश्चित दलाल हरुले mcc जस्तो रास्ट्रघाती सम्झौता पारित गर्ने तयारीमा लागि रहेका छन । युवा संगठन नेपाल, जाजरकोटका अध्यक्ष क. विवश भन्नुहुन्छ यो सम्झौताको बिरोधमा सम्पुर्ण देशभक्त ,क्रान्तिकारी ,प्रगतिशील ,आम जनता एक हुन आबस्यक छ । यस रास्ट्रघाती सम्झौताको शसक्त रुपले बिरोध गर्न अपिल समेत गरेका छन । एमसीसी सम्झौता पत्र जलाउँदै यो राष्ट्रघाती भएकाले यसलाई कुनै पनि हालतमा पारित गर्न नदिने दाबी समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x