१४ मंसिर २०८०, बिहीबार
कञ्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार १३ सय ५३ जना भित्रिए


कञ्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार १३ सय ५३ जना भित्रिएका छन् । दशगजामा पुगेका सबैलाई भित्र्याएर आ–आफ्नो स्थानीय तहमा पठाइएको छ ।

नेपालमा रहेका २२० जना भारतीय नागरिकहरुलाई पनि भारततर्फ पठाइएको छ । बिहानको समयमा वर्षा भएका कारण दशगजामा भित्रिनेहरुलाई निकै समस्या भइरहेको थियो । आइतबारको तुलनामा यो नाकाबाट आउनेको संख्या कम भएको छ । आइतबार ३ हजार ५८ जना भित्रिएका थिए ।
Subscribe
Login
0 Comments