४ बैशाख २०८१, मंगलवार

जाहिल ?

एसीपी संवाददाता

१४ जेष्ठ २०७७, बुधबार १२:३६ मा प्रकाशित

अधिवक्ता राम कुमार दीक्षित

ऐतिहासिक रुपमा लिपुलेक कालापानी उपर राज्यको दृष्टि नपुगे झैं बाँकेको पूर्वी भाग बघौडा उपर पनि पर्न नसकेको तर यसलाई संयोग नै मान्नु पर्दछ । दुईटै भू–भाग उपर राज्यको दृष्टि संगसंगै पुगेको छ । लिपुलेकमा सडक उदघाटन र नरैनापुरमा कोरोना ( Covid-19 ) ले हल्लायो सिंहदरबारलाई । दुबै गुमनाम थिए । नरैनापुर र लिपुलेक तर हाल यी दुई भू–भाग बाहेकको चर्चा नै सेलाई सकेको जस्तो छ । तर यहाँ लिपुलेक कालापानी नभई नरैनापुर कै बिषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

नोभेम्बर १, १८६० देखि बघौडा (कागजमा हाल नरैनापुर) नेपाली भू–भागको रुपमा पहिचान बनाए पनि उक्त भू–भाग नेपाली मानचित्र मै नभए जस्तो हाल सम्म राज्यको दृष्टि नरैनापुरमा पुग्न नसकेको भएपनि १६० साल पछि कोरोना भाईरस ( Covid-19 ) को कारणले एकाएक नरैनापुर चर्चा संगै नेपालको मानचित्रमा आएको जस्तो देखियो । हाल लिपुलेकको चर्चा दोस्रो नम्बरमा पुगेको र पहिलो स्थान नरैनापुरले प्राप्त गरी सकेको अवस्था रहेको छ । नरैनापुर अचानक चर्चामा आउनुको पछाडी प्रमुख कारणहरु–नरैनापुरमा रहेको क्वारेन्टाईन मध्ये एउटा क्वारेन्टाईनमा केही दिन अगाडी उपचार नै नपाई एक जना कारोना भाईरस ( Covid-19 ) संक्रमित बिरामीको निधन, त्यसपछि लगातार कोरोना भाईरस संक्रमित ( Covid-19 ) को संख्यामा बृद्धि हुनु । नरैनापुरलाई रेड जोन घोषणा गर्नु र त्यसपछि ठूलो संख्यामा रहेका कोरोना भार्ईरस ( Covid-19 ) संक्रमितहरुको उपचार कहाँ गर्ने ? भन्ने बिषयले चर्चा पायो । नेपालगञ्जमा कोरोना भार्ईरस ( Covid-19 ) संक्रमितलाई ल्याउनु हुन्न थप संक्रमण हुन्छ भनी साक्षरहरुले दिएको सुझाव अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आईसोलेसनमा परिणत गर्ने बिषयले चर्चा पायो । केही बेडहरु पनि पु¥याइयो । स्वास्थ्यकर्मी जान नमानेको र स्थानीय प्रशासन निरीह भएको कारणले नरैनापुरमा आईसोलेसन बनाउने बिषय सेलायो । त्यसपछि आईसोलेसन वार्ड बाट कोरोना भार्ईरस ( Covid-19 ) उडेर सखाप पार्छ भनी कोहलपुरका नव आगन्तुकहरुले नरैनापुरका बिरामीहरुलाई कोहलपुरमा ल्याउनु हुन्न भन्ने बिषयले चर्चा पायो र त्यसपछि २६ बेडमा एउटा शिशु सहित ६३ जना बिरामी राखेको बिषय चर्चामा रह्यो र अन्त्यमा बघौडा बासीहरुले कोरोना भार्ईरस ( Covid-19 ) संक्रमित बिरामीलाई नेपालगञ्ज लैजान नहुने भनी बिरोध र अवरोध गरेको बिषयले निकै चर्चा पायो । गाऊँ पालिकाले उच्च स्तरिय सुरक्षाकर्मीको माँग गरयो । फलतः राती ०८ः०० बजे देखि स्थानिय प्रशासनले सेना पठाई निषेधाज्ञा (कफ्र्यू) जारी ग¥यो । नेपालगञ्ज लैजान नहुने बिषयले बघौडा बासीहरुलाई जाहिलको उपाधि प्रदान ग¥यो ।

जाहिलको अर्थः–रेख्ता शब्दकोष– Ignorant, illiterate, rude, uncivilized अज्ञानी जो कुछ न जानता हो, अज्ञानी, मूर्ख, बेवकूफ, असभ्य, नामुहुज्ज ब, अशिष्ट, उद्दण्ड, अक्खड, निरक्षर बेइल्म ।

यो निबंधको बिषय हो जाहिल । जाहिल भनेको के हो ? शब्द कोषबाट लिइएको ब्याख्या माथि उल्लेखित छ । अब प्रश्न उठछ जाहिल को ? माथि लेखिएका घटनाक्रमको आधारमा Opration गर्ने प्रयास गरेको छु ।

कहिल्यै पनि राज्यको दृष्टि बघौडा माथि परेन । २०४५ सालमा तत्कालीन राजा बिरेन्द्र नरैनापुरको भ्रमण गरे । बघौडाको अब बिकास हुन्छ, भनी केही दिन चर्चामा रह्यो, सेलायो । त्यसपछि आन्दोलन भयो नयाँ संबिधान बन्यो, प्रजातंत्रको पुर्नस्थापना भयो । २०४८ साल देखि जनप्रतिनिधीहरुले राज्य शुरु गरे । २०४८ साल यता धेरै प्रतिनिधीलाई बघौडाले सिंह दरबारमा पठायोे तर बघौडा आफ्नो स्थानमा अटल रह्यो । सिन्को पनि भाँचिएन । स्वास्थ्य, शिक्षा, सडक, सिचाई, सञ्चार लगायत आधारभूत आवश्यकता पूरा हुन सकेन बघौडाको । जाहिल भनेको मूर्ख पनि हुन्छ । अब बघौडाका जन–प्रतिनिधीहरु अशिक्षित थिए र हुन त ? बघौडा बासीले आफ्नो मत दिई पठाएका ब्यक्तिहरु सरकार बने के उनीहरु मूर्ख थिए त ? नरैनापुर बासीहरुलाई उसको न्यायोचित हिस्सा नदिनु, दिन नसक्नु मूर्खताको परिणति होइन ? शिक्षित भनेको त सबै संग समानताको आधारमा ब्यवहार गर्ने हो । बघौडा १६० बर्ष देखि नेपाली भू–भागको रुपमा रहेको छ र बाँके कै खजुरा (बागेश्वरी) र कोहलपुरको उदय कति बर्ष भयो ? बघौडा कहाँ छ ? भने बघौडा बासीको जीवन स्तर कहाँ छ ? बघौडा बासीहरुको राज्यमा कति सहभागिता छ ? भने खजुरा र कोहलपुरको जीवन स्तर ? राज्यमा सहभागिता ? आफूलाई शिक्षित र सम्भ्रान्त सामाजिक मान्नेहरु जसले बघौडा बासीहरुको हक खाएर बसेका हुन । उनी जाहिल कि जसले आफ्नै अगाडी पानी समेत खान नपाएर आफन्त गुमाएकाहरु जाहिल । त्यहाँ ड्यूटीमा रहेका स्वास्थ्यकर्मी पढेलेखे कै मानिस हुन । उनले आफ्नो ड्यूटी पूरा नगर्दा जाहिल नहुने र आफन्त गुमाएर रुंदा, आफ्नो बेदना प्रकट गर्दा जाहिल हुने, ड्यूटी पूरा नगर्ने उपर कार्यवाही किन नभएको प्रश्न गर्दा जाहिल हुने ? डिग्री होल्डर नव आगन्तुक कोहलपुरेहरुलाई कसैले पनि जाहिल भनेन । तिनीहरुले मानवता बिरोधी अपराध नै गरे, उनीहरुले राज्यलाई नै झुकाए । कोहलपुरमा तत्काल बिरामी लैजान सकेन राज्यले । त्यहाँ सेना पठाउन सकेन राज्यले, उनले बिरामीहरुलाई यहाँ ल्याउन पाईदैंन भनी भन्न पाउनु छुट छ तर आफ्नै अगाडी आफ्न्त गुमाए पनि रुन पाउने छुट छैन नरैनापुर बासीलाई, क्वारेन्टाईनको भयावह, दर्दनाक अवस्था आफैले देखेर पनि क्रूर मानवता बिरोधी, यातना गृहमा परिणत भएको देखेर पनि सो को बिरोध गर्न छूट छैन उनलाई, क्वारेन्टाईनको सुबिधा बढाउ भन्न पाउने छुट छैन उनलाई । यदि त्यसो गरे भने उनी जाहिल हुन्छन ? जाहिलको पगरी भिराईन्छ । यहाँ पुनः प्रश्न आउंछ जाहिल को त ? कोहलपुरमा बिरामीहरुलाई ल्याउन पाईंदैन भन्नेहरु जाहिल कि उपचार गर्न पाउनु पर्छ भन्नेहरु जाहिल ? यदि बघौडा बासीहरु पढेलेखेका छैनन् भने कोट पाईन्ट चश्मा लगाउनेहरु त पढेलेखेका अशिक्षित र जाहिल गवांर होइनन् र ? तर अहं ! कसैले पनि उनलाई जाहिल भन्न सक्ने औकात राख्दैन ।

राज्यले बिभेद ग¥यो, उचित शिक्षा दिएन, बिकास दिएन, भेदभाव ग¥यो भारत लगायत अन्य ठाऊँमा मजदूरी गर्न जान बाध्य पा¥यो राज्यले । अब प्रश्न उठछ सरकार जाहिल कि नरैनापुर बासी जाहिल ? उनीहरु कोरोना भार्ईरस(ऋयखष्म(ज्ञढ) कमाउन त गएका होइनन् । उनी फकिंदा संयोगवश कोरोना भार्ईरस(ऋयखष्म(ज्ञढ) लिएर आए भने ब्यवस्थित तरीकाले समयमा राज्यले उपचार गर्नुपर्छ पर्र्दैन ? ब्यवस्थित तरिकाले मानिस बस्ने खालको क्वारेन्टाईन ब्यवस्थित गर्नु पर्छ पर्दैन ? सरकार भनेको प्रत्येक नागरिकको अभिभावक जस्तै हो ! उसले सबै नागरिक संग समान ब्यवहार गर्नु पर्दछ । राज्य कै तर्फबाट एउटा लाई क–ख एउटालाई पाखा पठाउने काम जाहिलीपना हो कि होइन ? समयमा मानवोचित क्वारेन्टाईन ब्यवस्थित नगर्नु जाहिली हो कि होइन ? खान नसक्ने किसिमको खाना उपलब्ध गराउनु शिक्षितको काम हो ? पक्कै पनि होइन । ५० देखि १०० जना सम्म बस्ने क्वारेन्टाईनमा एउटा स्वास्थ्यकर्मी उपस्थित नहुनु, उपस्थित नगराउनु, कुन शिक्षितको काम हो ? शिक्षित भनेको डिग्री झुण्डयाउनु मात्रै हो ? वा जागिर खानु शिक्षितको परिभाषा हो ? अरुको हिस्सा खानु संकटमा पनि लुटनु कुन शिक्षाको परिभाषा भित्र पर्दछ ? मानवता चाहिंदैन ? कसैको भाग खानु हुंदैन, दया गर्नुपर्छ । आफ्नो दायित्व समयमा पूरा गर्नुपर्छ भन्ने बिषय शिक्षा भित्र पर्दैन कि क्या हो ? आफ्नो दायित्व पूरा नगर्नेहरु संग दायित्व पूरा गर शुद्ध खाने पानी देउ, खाना देउ, बस्ने ब्यवस्था गर भन्दा जाहिल हुने ? स्वास्थ्यकर्मी पठाउ, एम्बुलेन्सको ब्यवस्था गर भन्दा जाहिल हुने ? धेरै संख्यामा भएका बिरामीको उपचारको ब्यवस्था यही गर भन्दा जाहिल हुने ? बाहिर जाँदा अरुले पनि हेप्ने (कोहलपुरले गरे) भएकोले बाहिर जान्न भने पछि जाहिल हुने ? अरुको हक खाँदा जाहिल नहुने ? तर आफ्नो हक माँग्दा जाहिल हुने ?

राज्य संयत्रले नरैनापुर बासीबाट बिश्वास गुमाई सकेको अवस्था छ । कहिल्यै पनि बुझेन भावना राज्यले । जे मनमा आयो त्यस्तै ब्यवहार गर्छ राज्यले, आफनो कमी कम्जोरी लुकाउन अनेकौ प्रयास गर्छ । कोरोना भार्ईरस ( Covid-19 ) महामारीमा पनि ईमानदारीका साथ काम गरिदिए चित्त बुझाउन सक्ने ठाऊँ थियो । यहाँ पनि सकेन राज्य ले । आफ्नो नियंत्रणमा लिईसकेको ब्यक्तिको सुरक्षा राज्यले नै गर्नुपर्ने हुन्छ । तर नियंत्रित ब्यक्ति बिरामी पर्दा राज्यले जीवन जल पनि दिन नसक्नु राज्यको असफलताको पराकाषठा हो । बिज्ञहरु भन्छन क्वारेन्टाईनमा कोरोना भार्ईरस ( Covid-19 ) को कारणले मानिस मर्न सक्दैन । कोरोना भार्ईरस ( Covid-19 ) को कारणले मानिस मर्न १४ देखि २८ दिन लाग्छ । तर जहाँ यसको ठीक बिपरीत भनिन्छ । मान्छेलाई डायरिया भयो । समयमा स्वास्थ्यकर्मी भए बाँच्न सक्थ्यो तर संभव भएन अन्ततः ४/५ घण्टा पछि छटपटी असहय् पीडाका बीच दर्दनाक हृदय बिदारक अवस्थामा एक होनहार युवाले प्राण त्याग गरे । अनि राज्यले भन्छ, बिरामीलाई नेपालगञ्ज ल्याउन अवरोध गरे । आफ्नै आँखा अगाडी जीवन जल पाउंदैन मान्छे भने आँखा पछाडी औषधी उपचार हुन्छ भन्ने बिश्वासको आधार के ? भन्ने प्रश्नको जवाफ दिनु् पर्छ राज्ले नरैनापुर बासीहरुलाई । स्वास्थ्यकर्मी पठाउनुको सट्टा, आईसोलेसन बनाउनुको सट्टा, क्वारेन्टाईनमा सुबिधा बढाउनुको सट्टा सेना पठाउने, निषेधाज्ञा लगाउनुले समस्या समाधान हुने होइन । समस्या कहाँ छ ? त्यहाँ पुग्नुपर्छ ।

राज्यले संधै नरैनापुर बासीहरु संग भेदभाव गर्दै आएको हुनाले राज्य प्रतिको बिश्वास समाप्त भईसकेकोले बघौडा बासीको राज्य संग ठूलो अपेक्षा छैन । हाल नरैनापुरलाई हृदयाघात भएको छ । उपचार नपाएर एउटा युवाको निधन भईसकेको, ११३ जना युवाहरु Isolate छन भने करीब ७०० युवा क्वारेन्टाईनमा छन र थप Isolate हुने क्रम जारी छ । Isolate हुनेहरु फिर्ता आउने हुन कि होइन ? भनी चिन्ताले सताएको छ भने क्वारेन्टाईनको अवस्था भयावह भएकोले थप कष्टकर बनाएको छ । क्वारेन्टाईनको सुबिधा बढाएर र Isolate को सन्दर्भमा सही सूचना दिएर नरैनापुर बासीको मनमा लागेको घाउमा मलम लगाउनुको सट्टा निषेधाज्ञा र सेना खटाएर झन पीडा बढाएको छ । कोरोना भार्ईरस ( Covid-19 ) प्रति भ्रम फैलाउनेहरु र बिरामीहरुलाई यस ठाऊँमा ल्याउनु हुंदैन भनी आन्दोलन गर्नेहरु उपर राज्यले कानूनको प्रयोग गरी कार्यवाही गरी मुद्दा चलाउनु पथ्र्यो तर निरीह बन्यो स्थानिय प्रशासन र नरैनापुरमा स्तरीय स्वास्थ्यकर्मी पठाई राज्ले नरैनापुर बासीको मर्म भावना बुझीदिनु पथ्र्यो । राज्ले आफ्नो कमजोरी, निरीहता सेनाको भरमा लुकाउन सक्दैन । आखिर नरैनापुर बासी धेरै माँगेका पनि छैनन् । तत्काल आवश्यकता मात्रै पूरा गरी दिनुस् मात्रै भनेका हुन ।

आफ्नो कमजोरी लुकाउनु झन् जाहिलीपना हो । समग्रमा राज्य नै जाहिल भएको छ । राज्य नै जाहिल भईसकेको अवस्थामा अरुलाई जाहिल भन्न मिल्दैन यस कारण अहिले पनि केही बिग्रेको छैन । प्रत्येक क्वारेन्टाईनमा मानवीय सुबिधा बढाउ र लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार चिकित्साकर्मी पठाउ र उक्त प्राथमिक स्वास्थ्य केन्द्रलाई Isolation बनाउ जसले थप कोरोना भार्ईरस ( Covid-19 ) संक्रमितहरुलाई स्थानिय स्तरमै Isolate गरी उपचार गर्न सकियोस् र बघौडा बासी (नरैनापुर बासी) हरुको भावना आत्म सम्मान स्वाभिमान पनि कायम रहोस् । सबैको कल्याण होस् । शुभ–सन्ध्या ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x