१२ बैशाख २०८३, शनिबार

अबैध बसेका रोहिङ्या बारेमा सरकार संग के छ उपाय

एसीपी संवाददाता

१२ बैशाख २०८३, शनिबार १७:४८ मा प्रकाशित

अभिमनु पटेल , काठमाडौं – रोहिङ्या समुदाय म्यानमारबाट विस्थापित भई विभिन्न देश हुँदै यहाँसम्म आइपुगेका शरणार्थी हुन्। कपन क्षेत्रमा बसेको यस बस्तीको व्यवस्थापनबारे स्पष्ट नीति के हुन्छ भन्ने प्रश्न उठिरहेको छ । यो बस्तीमा डोजर चलाइन्छ कि वैकल्पिक व्यवस्था गरिन्छ?

नेपालको म्यानमारसँग सिधा सिमाना छैन, त्यसैले उनीहरू कसरी यहाँ आइपुगे, कुन नाकाबाट प्रवेश गरे, र यस प्रक्रियामा कस–कसको भूमिका रह्यो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ। साथै, शरणार्थी व्यवस्थापनका नाममा कुनै अनियमितता वा आर्थिक चलखेल भएको छ भने त्यसबारे पनि पारदर्शी रूपमा अनुसन्धान हुनुपर्छ।

सरकारले मानवीय पक्षलाई ध्यानमा राख्दै, कानुनी प्रक्रिया र राष्ट्रिय हितबीच सन्तुलन कायम गरी दीर्घकालीन समाधान निकाल्न जरुरी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x