ऊ बाँचे को भए, ऊ पनि बाँच्थ्यो !

ऊ सामान्य परिवारमा जन्मेको थियो । भएको थोरै खेत र परिवार को सामुहिक प्रयास ले सांझ बिहान छाक टार्न कुनै समस्या थिएन । जीवन राम्ररी चलेको थियो । गरीबी भए पनि घरमा खुशियाली थियो । तर लामो समय सम्म खुशी बस्न मानेन । भएको खेत राप्ती नदी को कटान मा प¥यो र घर डुबान मा । घर त जसो तसो बन मा सारियो । सरकार र बिभिन्न एन.जी.ओ.ले बांडेको राहत ले केही दिन कट्यो । अब के गर्ने खेत छैन, सरकार संग कुनै रोजगारीको ब्यवस्था छैन खुशी त पहिले नै गईसक्यो, घरमा भोकमरी पस्ने खतरा बढ्यो । घरमा दुई छाक टार्ने समस्या भयो, धेरै दिन बेरोजगार भई भाग्यलाई गाली गरि बस्नु भन्दा कर्मलाई प्राथमिकता राख्ने निर्णय ग¥यो, अनि ऊ बिदेशियो । बिदेशमा गए पनि, बिदेश मा भए पनि, मानस पटलमा आफ्नै परिवार र परिवारले भोग्दै गरेको कष्ट, पीडा नै रह्यो । दिन रात मेहनत गरेर आर्जे को पैसाले परिवार को गुजारा चली रहेकै बेला, रोजगार स्थलमा कोरोना पस्यो । ऊ त्यहाँ पनि बेरोजगार भयो । सारा बिश्व नै लकडाउन मा फस्यो, ऊ पनि फस्यो । केही दिन रोजगारदाता ले खानपीन को ब्यवस्था गरे पनि लकडाउन को अवधि थप हुंदै जांदा, रोजगारदाताले पनि हात खडा ग¥यो । अब के गर्ने ? कोरोना ले होइन, भोकभोकै मर्ने भईयो । सबै यातायात बन्द, आफ्नै देश आउने कसरी ?
रात भरी बान्ता भईरहंदा राज्यले जीवन जल सम्म पनि उपलब्ध गराउन सकेन, उसलाई । छटपटाई रह्यो, ऊ रात भरी । कोरोना को डरले न स्वास्थ्यकर्मी नजीक गए, न क्वारेण्टाईन सञ्चालक । छटपटाई रह्यो, पानी माँगदै रह्यो र अन्त्यमा क्वारेण्टाईन को फिल्डमा उसले निराश भएर मृत्यु संग संघर्ष गर्दै, अन्तिम साँस लियो र म यस्तो राज्य को नागरिक हुँ ! जहाँ मानवता हराएका, इंसानियत हराएका, संबेदना बिहीन राज्य सञ्चालकहरु बस्दा रहेछन । उनीहरु यमराज नभए पनि यमराज भन्दा कम छैनन् भन्ने संदेश दिंदै बिदा भयो यस संसार बाट !
करीब २ महीना पछि जेनतेन, प्रकरेण ऊ र उसका अन्य साथीहरु गाई भैसी जस्तै ट्रकमा बसी मुम्बईबाट २२०० किलोमीटर टाढा ६/७ दिनको कष्टपूर्ण यात्रा गरी आफ्नै देश को सिमाना मा आई पुग्यो । ऊ संगै आएका अन्य साथीहरुलाई सुरक्षाकर्मीहरुले क्वारेण्टाईन मा ल्याए । क्वारेण्टाईनमा बस्दा उसको स्वास्थ्य मा कुनै समस्या थिएन । क्वारेण्टाईन पनि गजब को, टीनको छाना भएको स्कूल, प्रचण्ड गर्मी र घाम ले स्कूल भित्र बस्नै मुश्किल । न खाना को राम्रो ब्यवस्था न पानी को, न शौचालय न सफाई को । रात भरी मच्छर को रजाईं । सामाजिक दूरी (३×३ फिट को दूरीमा बस्नु पर्ने) को धज्जी उडाईएको अवस्था, न स्वास्थ्यकर्मी, न एम्बुलेन्स । क्वारेण्टाईनमा चाहिने सामान्य सुबिधा नभए पनि ऊ बस्यो ४ दिन सम्म त्यही क्वारेण्टाईनमा बस्यो १४/१५ दिन पछि आफ्नो परिवार संगै बसी सुख दुःख गरी बांकी जीवन बाँच्ने आशामा । तर दैव को इच्छा अर्कै रहेछ । क्वारेण्टाईन मा बसेको ४ दिन सम्म कुनै परीक्षण भएन । चौथो हो वा पाँचौ दिन राती खाना खाई सुतेको मा राती उसलाई बान्ता शुरु भयो । तत्कालै उसका साथी र सुरक्षाकर्मीले स्वास्थ्यकर्मीलाई खबर गरे । एम्बुलेन्सलाई खबर गरे, तर कोही पनि उपस्थित भएन ।
मुम्बई मा कोरोना ले मरिन्छ वा भोकभोकै मरिन्छ भन्ने डर र बाँच्ने आशा बाटो भरी यमराज संग लुकामारी खेल्दै यातना पूर्ण यात्रा गरी आफ्नै देश मा आउंदा त यमराजै यमराज देखा परे । राज्य ले आफ्नो नियंत्रण मा लिई सकेपछि जीवन रक्षा को दायित्व पनि उसकै भए पनि रात भरी बान्ता भईरहंदा राज्यले जीवन जल सम्म पनि उपलब्ध गराउन सकेन, उसलाई । छटपटाई रह्यो, ऊ रात भरी । कोरोना को डरले न स्वास्थ्यकर्मी नजीक गए, न क्वारेण्टाईन सञ्चालक । छटपटाई रह्यो, पानी माँगदै रह्यो र अन्त्यमा क्वारेण्टाईन को फिल्डमा उसले निराश भएर मृत्यु संग संघर्ष गर्दै, अन्तिम साँस लियो र म यस्तो राज्य को नागरिक हुँ ! जहाँ मानवता हराएका, इंसानियत हराएका, संबेदना बिहीन राज्य सञ्चालकहरु बस्दा रहेछन । उनीहरु यमराज नभए पनि यमराज भन्दा कम छैनन् भन्ने संदेश दिंदै बिदा भयो यस संसार बाट !
ऊ बिदा भएपछि रिपोर्ट आयो “कोरोना पोजिटिभ” त्यस पछि, त्यस क्वारेण्टाईनमा बसेका सबैको रिपोर्ट देखियो “कोरोना पोजिटिभ” । बाकी सबैलाई आईसोलेट गरियो । आईसोलेशन मा खाना खाई बाकी सबै जना घर फिर्ता भए, सबै बाँचे । बाँच्ने आशामा लामो यात्रा गरी आएपछि आफ्नै देशमा दशा लाग्यो, उसले समयमा औषधी उपचार पाए, बाँच्न सक्थ्यो या बिदेश मै भए बाँच्थ्यो, ऊ मर्ने थिएन । सबैले आ–आफ्नो दायित्व पूरा गरिदिएको भए, उसका अरु साथीहरु बाँचे जस्तै, ऊ पनि बाँच्थ्यो ।
क्वारेण्टाईन सञ्चालकहरु, स्वास्थ्यकर्मीहरुलाई आफ्नो दायित्व पूरा गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । शुभ–संध्या ।
(औषधी उपचार नै नपाई बाँके को नरैनापुर क्वारेण्टाईनमा मृत्युवरण गरेका अनीस नाऊ र धनुषाको लौवाखोर क्वारेण्टाईनमा मृत्युवरण गरेका राजू सदा लगायत नेपाल भरी उपचार नै नपाई मृत्युवरण गरेका सबै नागरिकलाई समर्पित)



