६ कार्तिक २०८१, मंगलवार

भएन पूरा बांच्ने चाहना ।

एसीपी संवाददाता

२० जेष्ठ २०७७, मंगलवार ११:४० मा प्रकाशित

राम कुमार दीक्षित

उनीहरु मरे हिजो बिहानै समाचार पढियो । मनमा कौतुहल जाग्यो । कहा ? कसरी ? भन्ने प्रश्न उठ्यो । थप समाचार खोज्दै जाँदा बाँच्ने चाहनामा मरे उनीहरु । उनीहरु रोल्पा, दाँङ, दैलेख, सुर्खेत जिल्ला का थिए । नेपाल सरकारले नेपाल मै बसी जीवन यापन गर्ने अवसर उपलब्ध गराउन नसकेको कारणले आफू र आफन्तलाई बाँच्ने÷बचाउने चाहनाका साथ भारतमा रोजगारीको लागि गएका थिए । कोरोना भाईरस (कोभिड–१९) संकटको कारणले उता पनि बेरोजगार भए, भोक भोकै मर्ने अवस्था आयौ । बेरोजगार भएपछि भोक भोकै मरिन्छ कि भन्ने डरले बाँच्ने आसमा नेपाल फर्केका थिए उनीहरु ।

उनीहरुको सपना ठूलो थिएन । नेपाल मै बसी दुई छाक टार्न समस्या भयो अनि पसे भारत, मात्रै बाँच्ने आसमा । उतै ज्याला मजदूरी गरी आफू र आफन्तको दुई छाक टार्ने र बाँच्ने सपना मात्रै थियो उनीहरुको । उता पनि कोरोना भाईरस (कोभिड–१९) ले दुई छाक टार्न समस्या भयो, बेरोजगार भए अनि नेपाल मै गएर केही गरी बाँच्ने चाहनाका साथ फर्केका थिए उनी हरु ।

तर बिडम्बना, नेपाल भित्रिने लगत्तै यमराजहरु पछि लागे, उनीहरुको । गरुण पुराणमा एउटै यमराजको कल्पना गरिएको छ, तर यहाँ धेरै यमराजहरु संग सामना भयो उनीहरुको । पहिलो यमराज गाडी र गाडी चालक । उसले क्षमता भन्दा दोब्बरलाई बसाल्यो गाडीमा, उसलाई थाहा थियो, क्षमता भन्दा बढी सवारी बसे भने जहाँ पनि दुर्घटना हुन सक्छ, तर जानी–जानी उसले कोच्यो सबै जनालाई यमराज बनेर । दोस्रो यमराज बने त्यहाँ तत्काल उपस्थित रहेका सुरक्षाकर्मीहरु । क्षमता भन्दा बढी सवारी गाडीमा कोच्नै मिल्दैन, सवारी दुर्घटना हुनसक्छ, भन्ने कुरा पुलिसहरुलाई थाहा नहुने कुरै छैन, तर पनि गाडीमा बस्दाको अवस्थाको बेथिति उनीहरुले देख्दै देखेनन् । नेपाल भारत सीमा जमुनहा रुपैडिहा नाकाबाट गाडी हुईकियो, गन्तब्य नजीकैको जंगल रहेछ भन्ने थाहै थिएन, उनीहरुलाई । घटना स्थल पुग्दा सम्म बीसौं चेक पोष्ट छन, गाडी इन्ट्री हुन्छ, तर कुनै पनि चेक पोष्टले गाडी ओभरलोड भएको देखेन । उनी चेक पोष्टवालाहरु पनि यमराज साबित भए । गाडी चालक त साक्षात यमराज कै रुप धारण ग¥यो जब ऊ रक्सी खायो र अन्त्यमा म यमराज हुं भनि प्रमाणित गरिछाड्यौ, गाडीलाई दुर्घटनामा पारेर ।

नेपालमा गाडी दुर्घटना नौलो कुरा होइन्, प्रत्येक दिन एउटा÷दुईटा ठूला दुर्घटनाको खबर नछापिएको समाचार पत्र नै हुदैन्थ्यो, तर कोरोना भाईरस (कोभिड–१९) कालको प्रारम्भ भएपछि एक्का÷दुक्का मोटरसाईकल दुर्घटना बाहेकका सवारी दुर्घटनाको समाचार पढ्न पाईएन, यो पनि एउटा सुखद पक्षनै थियो, तर अचानक यो दुर्घटनाले हरेक ब्यक्तिलाई स्तब्ध बनाउनुका साथै हाम्रो सिस्टमको पोल खोले छ । कोरोना भाईरस (कोभिड–१९) काल बिशेष परिस्थिती हो, हरेक चोक गल्लीमा सुरक्षाकर्मीको उपस्थिती छ । बिदेशबाट आएका नागरिकहरुलाई गन्तब्य सम्म सुरक्षित पु¥याउने काम हाल पुलिस प्रशासनको जिम्मा रहेको छ । तर बिदेशबाट आएकाहरुबाट कसरी छिटो भन्दा छिटो आफ्नो ज्यान छुटाउने भन्ने सोच नै यमराज बनेर आएको छ ।

बिदेशबाट आउनेलाई सुरक्षाकर्मी कै निगरानीमा गाडीमा चढाउने र गन्तब्य सम्म पु¥याउने दायित्व प्रहरी प्रशासन कै हो, तर यदि शुरु मै सुरक्षाकर्मीले क्षमता भन्दा दोब्बर तेब्बर गाडीमा ठूसी ठूसी खसी बोका जस्तै लोड नगरेको भए, प्रशासनले पास नदिएको भए, आफ्नो दायित्व पूरा गरी दिएको भए, अलिकति सामान्य मानवता भई दिएको भए, बाटौ मै क्षमता भन्दा बढी यात्रु बोक्न नपाईने भनी चेक जाँच गर्नेले, इन्ट्री गर्नेले भनी दिएको भए, बढी यात्रुलाई झारेको भए, मादक पदार्थ सेवन गरेको चालकलाई सो गाडी चलाउनबाट रोकेको भए, शायद राप्ती सोनारी गाऊँपालिका वडा नं. २ ठुरिया जंगल गन्तब्य बन्ने थिएन उनीहरुको र सपना पूरा हुन्थ्यो बाँच्ने तर, तर त्यो बाँच्ने सपना, रहर पूरा गर्न दिएनन् यमराजहरुले, उनीहरुको ।

बिदेशमा कोरोना भाईरस (कोभिड–१९) बाट मरिन्छ कि भोकै मरिन्छ, आफ्नै गाउँठाऊँमा गए बाँच्ने रहरले ल्यायो, उनीहरुलाई तर यमराजै यमराज भएको ठाऊँमा उनीहरुको बश चलेन । बढी पैसाको लोभमा कसै–कसैको त वंश नै नाश भयो । यो दुर्घटनाले धेरैको अन्तर्मनलाई छोएको छ, प्रहरी प्रशासनको लापरवाही सार्वजनिक भएको छ । शहर बजारमा मोटरसाईकलको साँचो खोस्नु भन्दा बिदेशबाट आउने नागरिकलाई सुरक्षित, आफ्नो आफन्त सम्म पु¥याई दिएको भए कति आनन्द हुन्थ्यो । सुरक्षाकर्मीहरु र प्रशासन किन आफ्नो दायित्व पूरा गर्दैनन्, भन्ने जिज्ञासा सबैको मनमा पलाएको छ । तर जनतालाई जवाफ दिने फुर्सद छैन कसैलाई पनि । बाँके प्रशासनलाई श्रद्धाञ्जली सम्म दिने फुर्सद मिलेन । शुरुमा राज्यले पाल्न सकेन, बिदेशमा गए त्यहाँ पनि मर्ने डर भयो पुनः फर्के, तर राज्य संयंत्र नै यमदूतका भूमिकामा पुग्यो । घट्नालाई जसो तसो ढाकछोप गर्ने उद्देश्यले उक्त घटनाको सम्बन्धमा सूचना माँग गर्दा सूचना नदिने अडान राख्यो प्रशासनले, सूचना दिन मिल्ने भए पछि दिने भनि आलटाल गरेको कारणले कानूनी राज्यको उपहास गरेको समेत देखियो, उक्त दुर्घटना सार्वजनिक चासोको बिषय भएकोले स्वयंले दुर्घटनाको सम्बन्धमा स्वेत–पत्र जारी गरि सूचना सार्वजनिक गर्नु पर्ने र दुर्र्घटनाका जिम्मेवारहरुलाई तत्काल नियन्त्रणमा लिई कार्यवाही अगाडी बढाउनु पर्ने थियो, तर सो नगरि मोटरसाईकलको साँचो नै खोस्न ब्यस्त देखिए प्रशासकहरु । यो घटनाको सम्बन्धमा प्रहरी प्रशासनले गरेको लापरवाहीको निन्दा हुनैपर्छ र उच्च स्तरमा न्यायिक छानवीन गरी दोषीहरु माथि कार्यवाही हुनैपर्छ । अनि मात्र मृतकहरु प्रति वास्तविक श्रद्धाञ्जली हुनेछ । (लेखक अधिवक्ता हुनुहुन्छ ।)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
तेज शर्मा अठाले
तेज शर्मा अठाले
4 years ago

अत्यन्तै राम्रो छ दिक्षित जी ।

1
0
Would love your thoughts, please comment.x
()
x