१२ जेष्ठ २०८३, मंगलवार

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने

एसीपी संवाददाता

१६ माघ २०७६, बिहीबार ०६:१० मा प्रकाशित

चीनबाहिर १६ देशमा यसको सङ्क्रमण

१६ माघ, एजेन्सी / जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, “सङ्क्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीन बाहिर सङ्क्रमितहरूको सङ्ख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ। हाल सङ्क्रमितहरूको सङ्ख्या ७ हजार छ। १७० जनाको ज्यान गएको छ।सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्।विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।डाक्टर माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे: “चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्।”बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x