१२ कार्तिक २०८३, बुधबार

अझै कमरेड देखी कमरेड प्रतियोगिता

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार १७:४० मा प्रकाशित

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले चैत्र ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो । सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । जसमा प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ । केपी ओलीको पछिल्लो कदम पार्टीको बिधान बिपरित रहेको यसले एमालेलाई खण्डित पार्ने काम गरेको नेता रावलले जानकारी दिनुभयो ।

यसअघि शुक्रबार केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले  वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x