२५ श्रावण २०८३, सोमबार

अनलाइन पत्रकार संघको संयोजकमा कमल न्यौपाने

एसीपी संवाददाता

२ चैत्र २०७७, सोमबार १०:३७ मा प्रकाशित

नेपालगन्ज : बाँकेमा सन्चालित अनलाइन मिडियालाई व्यवस्थित गर्दै अनलाइन मिडियाको समग्र विकासका लागि सोमबार नेपालगन्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।

नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको बुहत भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

भेलाले जावेद अन्सारीलाई सहसंयोजक, रामु ओलीलाई सचिव संगीता पाठक (सन्ध्या) लाई सहसचिव र ‘असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ । कार्य समिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरी, भीष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।

गठित तदर्थ समितिको पहिलो बेठक पनि सोमबार नै बसेको छ । उक्त बैठकले हरेक महिनाको १५ ते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आबश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाइन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सललाहकार समितिमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वरराज चौधरी, डक्ट धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउनु निर्णय गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्ने छ ।

संघले स्थानीय तह लगायत सम्बन्धीत निकायसँगको समन्वयमा अनलाइन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सन्चालन गर्ने भएको छ ।ईसेतोखरी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x