६ कार्तिक २०८१, मंगलवार

आजबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

एसीपी संवाददाता

१ कार्तिक २०८१, बिहीबार ०८:४६ मा प्रकाशित

बाँके । बाँकेको डुडुवा गाँउपालिकामा नियमित रुपमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको छ ।

भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुन लागेको हो ।

कार्यक्रम संयोजक ब्रिजेश कुमार मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ दिन सम्म कार्यक्रम सञ्चालन हुनेछ ।

बिहीबार स्वास्थ्य चौकी हिरमिनियामा वडाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन हुनेछ ।

कार्यक्रम नियमित रुपमा कात्तिक १४ गते सम्म सञ्चालन रह्ने किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।

उनका अनुसार कार्यक्रममा बिरामीले सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको छ ।

साथै आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको छ ।

शिविरमा बिहान साढे १० बजे देखि ३ बजे सम्म आँखा जाँच गराउन सकिने संयोजक मिश्रले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x