१३ कार्तिक २०८३, बिहीबार

आठ वटा चिनियाँ लडाकु विमान ताइवानमा प्रवेश गरे पछि धपाउन तयार भयो क्षेप्यास्त्र प्रणाली

एसीपी संवाददाता

१० फाल्गुन २०७७, सोमबार १७:४६ मा प्रकाशित

ताइपेइ: आठ वटा चिनियाँ लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले क्षेप्यास्त्र प्रणाली सक्रिय बनाएको छ ।

हालै चीनले ताइवानको वायु रक्षा पहिचानको दक्षिणपश्चिम आकासमा लडाकु विमान उडाएपछि उसले क्षेप्यास्त्र प्रणालीलाई सक्रिय बनाएको हो ।

ताइवानले नयाँ रक्षामन्त्री र अनुसन्धान प्रमुख घोषणा गरेपछि नै दुईपक्षीय तनाब बढेको हो । ताइवानका रक्षामन्त्रीका अनुसार चीनले शुक्रबार चारवटा ‘जे-१६’ र चार ‘जे एच-सेभेन’ विमान ताइवानको क्षेत्रमा उडाएको थियो ।

चीनले ती विमान ताइवानको नियन्त्रित क्षेत्र रहेको दक्षिण चीन सागरको आकासमा उडाएको जनाएको छ। जुन ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा परेको बताइन्छ ।

पछिल्लो समय चीनले आफुले दावी गर्दैआएको टापु आसपास सैन्य गतिविधि बढाउँदैआएको छ । चीनले ताइवानप्रति पनि अमेरिकासँग मिलेकोमा आक्रोस व्यक्त गर्दैआएको छ । जबकि अमेरिका ताइवानलाई हतियार सप्लाइ गर्ने एक प्रमुख देश हो ।

चीनले यसअघि पनि ताइवानको आकासमा लडाकु विमान उडाउने गरेको थियो । ताइवान तथा दक्षिण चिन सागरको जलमार्गलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाब बढ्दैगएको छ । अन्नपूर्णपोस्ट – साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x