९ आश्विन २०८३, शुक्रबार

कपिलवस्तुमा कांग्रेस नेता अधिवेशनकै संघारमा पक्राउ

एसीपी संवाददाता

८ आश्विन २०८३, बिहीबार २२:२३ मा प्रकाशित

रुपन्देही — कपिलवस्तुमा नेपाली कांग्रेस बाणगंगा नगर समितिका निवर्तमान सचिव सूर्य बराल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । हिजो अधिवेशनको दिन अध्यक्षको दाबी गर्दै आएका बराल पक्राउ परेका हुन् ।

जिल्ला अदालत कपिलवस्तुको विभिन्न मितिमा भएको फैसलाका आधारमा बराललाई पक्राउ गरेर अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

उनले अदालतलाई बुझाएपछि बाँकी प्रकृयाका बारेमा जानकारी नभएको बताइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई पक्राउ गरी कारागार पठाएको जनाएको छ ।

पार्टीको अधिवेशनको मितिमा उनलाई पक्राउ गरिनुलाई उनी निकटस्थहरुले आश्चर्य मानेका छन् । कपिलस्तु जिल्ला अदालतले उनलाई तीन दिन कैद तथा ७ लाख जरिवानाको सजाय फैसला गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x