१३ कार्तिक २०८३, बिहीबार

कम्युनिस्टको भरमा सरकारको सहयोग गरे खतरामा काङ्ग्रेस

एसीपी संवाददाता

२४ माघ २०७७, शनिबार ०७:०१ मा प्रकाशित

प्रतिनिधि सभा भङ्ग भएसँगै मुलुकलाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दूराष्ट्र बनाउने दिशातिर गएको चर्चा हुन थालेको छ ।

संघीयतालाई पनि खारेज गरेर गाउँपालिका र नगरपालिकालाई अझै बलियो बनाउने तयारी भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद भङ्ग गरेपछि धेरैको अपेक्षा संघीयता खारेजी र हिन्दूराष्ट्र हुन्छ कि भन्नेछ । ओलीले जोखिमपूर्ण कदम उठाउन सक्ने उत्तिकै प्रवल सम्भावना छ । ओलीले आफूलाई हिन्दूधर्मप्रति झुकाव रहेको संकेत दिएका छन् ।

पशुपतिनाथको मन्दिरमा संकल्प पूजा गरेका प्रधानमन्त्री ओलीले चितवनमा पुगेर रामन्दिर बनाउने पनि उल्लेख गरेका छन् । ओलीले भरतपुरमा सम्बोधनका क्रममा अर्को वर्ष रामन्दिर बनाएर उद्घाटन गर्ने बताएका छन् ।

ओलीले पछिल्लो समय हिन्दूधर्मप्रति देखाएको झुकाबले राजनीतिमा तरंग ल्याइदिएको छ । उनले के गर्न खोजेका हुन नजिकका नेताहरूले केही भनेका छैनन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिन्दूराष्ट्र र राजसंस्था घोषणाको तयारीमा ओली रहेको भनेर केटाकेटीवाला टिप्पणी गरेका छन् । पाण्डेको टिप्पणीलाई केहीले सकारत्मक रुपमा लिए पनि संविधानले त्यो काम गर्न दिँदैन ।

नेपाली कांग्रेसभित्र पनि हिन्दूराष्ट्रको पक्षमा बोल्ने नेताहरू धेरै भएका छन् । महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारीसहितका नेताहरू हिन्दूराष्ट्रको पक्षमा छन् । कम्युनिस्टहरूनै हिन्दूराष्ट्रको पक्षमा लचिलो बनेपछि कांग्रेसमा त्यसको प्रभाव पर्नु स्वभाविक छ । दुई वर्ष अगाडि महासमितिको बैठकमा हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न माग गरेर करीव ९ सय जना महासमिति सदस्यहरूले हस्ताक्षर गरेर कांग्रेसको नेतृत्वलाई बुझाएका थिए । कांग्रेसले आफूलाई हिन्दूराष्ट्रको पक्षमा लैजाने कि नलैजाने केही स्पष्ट भन्न सकेको छैन ।

भारतबाट पुनः नेपालको लागि कोरोना विरुद्धको २२ लाख डोज खोप कोभिशिल्ड आउने


होली वाइन काण्ड मच्चाएका ओलीले अहिले आएर रणनैतिक रुपमा हिन्दूराष्ट्रमा आफूलाई केन्द्रित बनाएका छन् । ओलीले संघीयता खारेज गर्ने विषयमा पनि आफूलाई सकारात्मक रुपमा अगाडि बढाएको चर्चा । ओलीले हिन्दूराष्ट्र र संघीयता खारेजीमा आफूलाई अगाडि बढाउने ठूलो सम्भावना छ । कम्युनिस्टहरूको विश्वास हुँदैन ।

गत निर्वाचनमा कथित राष्ट्रियताको कुरा उठाएका ओलीले रेल, पानीजहाज, पाइपबाट ग्यासलगायतका कुरा गरेर जनतालाई झुक्काइसकेका छन् । ओली र कम्युनिस्टहरूको कुरा बुझेका जनतालाई हिन्दूराष्ट्रको विषयमा भ्रममा पार्न खोजिएको छ ।

संघीयता खारेज गरेर भएपनि ओली र कम्युनिस्टहरूले जनता झुक्काउने अभियानमा लागेको चर्चा भएको छ । नेपाल पाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x