१२ कार्तिक २०८३, बुधबार

गिरिजाप्रसादले ल्याएकालाई प्रधानमन्त्री ओलिले फेरि जङ्गल फर्काए

एसीपी संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार ०१:५० मा प्रकाशित

देश द्वन्दमा रहेको बेला गिरिजाप्रसाद कोईराला आफ्नो राजनीतिक क्यारिय्र दाउमा तत्कालीन माओवादी पार्टीलाई मुलधार राजनीतिमा ल्याउनु भएको थियो । तर अहिले देशमा प्रचण्ड फेरि क्रान्ति गर्छु भन्दै हिनेका छ्न कस्तो क्रान्ति हो के फेरि जङ्गल जाने हुन । अहिलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिड्दा आफ्ना पुराना साथीको साथ छुटेको बताएका छन् । उनले अब फेरी एक पटक पुराना साथीहरुलाई समेटेर फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् ।
माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले अब फेरी एक पटक क्रान्ति गर्ने प्रतिज्ञा गरेको बताएका छन् । आफुहरुले ठूलो बलिदानी दिएर प्राप्त गरेको उपलब्धी गुम्ने अवस्था आएको भन्दै उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।
‘जनयु द्ध सुरु गर्दा ४२ वर्षको रहेको बताएका उनले अहिले ६७ वर्षको भए पनि प्राप्त उपलब्धी रक्षा गर्न क्रान्तिको आवश्यकता महशुष भएको बताएका छन् । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्ने वाला छैन, म लड्ने वाला छु ।’
त्यसका लागि अब नयाँ ढंगले संगठन विस्तारको काममा सकृय हुने योजना उनले सुनाए । केही वर्ष काठमाडौ बाहिर गएर पुराना साथीहरुसंग भेट्ने, बढी समय त्यतै विताउने र राजनीतिक अभियान संचालन गर्ने उनको योजना रहेको बताए ।
‘फेरि २, ४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, उनले भने । प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरेर आफुहरुको योगदानवाट प्राप्त उपलब्धीमा धा वा बोलेको उनको टिप्पणी थियो ।
‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’उनले भने,‘प्रतिक्रियावाद विरुद्ध लड्ने संकल्प गरेँ’ भन्दै त्यसका लागि शक्ति संचय गर्ने बताएका छन् । अब फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा छु उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x