१२ कार्तिक २०८३, बुधबार

चिनको नाकाबन्दीका कारण नेपाली व्यवसायीहरुको टाट पल्टिने अवस्था – कमल थापा

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०७:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको भन्दै उनले यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ,’ उनले भनेका छन् ।

चीनले कहिले भूकम्प त कहिने कोभिड महामारी देखाएर नाकामा अवरोध सिर्जना गर्न खोजेको छ । नेपाली व्यापारीले करोडौं लगानी गरेर चीनबाट सामान ल्याए पनि नाकामा रोकिदिँदा समस्या भएको छ । दुई/तीन वर्षयता नाकामै सामान रोकिँदा काम नलाग्ने भएर क्षति भएको छ । जसले नेपाली व्यापारी टाट पल्टिने अवस्थामा पुगेका छन् भने उपभोक्ताले पनि वञ्चित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x