१२ कार्तिक २०८३, बुधबार

चिनको वुहानमा कोरोना संक्रमणको रिपोर्टिङ गरेको भन्दै ४ बर्ष जेल , जेलमै पत्रकारले गरे भोक हडताल

एसीपी संवाददाता

१९ कार्तिक २०७८, शुक्रबार ०८:३६ मा प्रकाशित

१९ गते कात्तिक २०७८ । चीनमा कोरोना महामारी फैलिएको प्रारम्भिक समाचार र भिडियो बनाएर सार्वजनिक गरेको भन्दै पत्रकारलाई जेल हाले पछि वुहानमा भोक हड्ताल शुरु गरेको छ । भोक हडतालका कारण जेलमा रहेका एक पत्रकार मृत्युको नजिक छन्। उनको तत्काल रिहाइका लागि पीडित परिवारले मानवअधिकार समूहसँग अपिल गरेको छ ।
३८ वर्षीय झाङ झान पूर्व वकिल भइसकेका छन् । महामारीको बारेमा रिपोर्ट गर्न फेब्रुअरी २०२० मा वुहान पुगेका हुन । उनले आफ्नो स्मार्टफोनबाट भिडियो रेकर्ड गरेर अधिकारीहरूले कोभिडको ह्यान्डलिङबारे प्रश्न उठाएका थिए। मे २०२० मा, झाङलाई हिरासतमा लिइयो। डिसेम्बर २०२० मा, उनलाई झगडा र समस्यालाई उक्साएको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। चीनले कोरोना महामारी बारेमा अहिले बिश्व समुदाय सङ झुठो बोली रहेको छ । वुहानमा शुरु भएको कोरोना बारेमा अहिले यथार्थ पत्ता लागेको छैन ।
एएफपी समाचार संस्थाको रिपोर्टमा झाङको तौल निकै कम भएको उल्लेख छ । झाङले भाइ झाङ सुलाई यस्तो अवस्थामा आफू लामो समयसम्म बाँच्न नसक्ने बताएकी छन् । झाङ सुले आउँदो जाडोमा आफू बाँच्न नसक्ने बताएका छन् । उनले बहिनीलाई ख्याल गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।
अहिले झाङ भोक हडतालमा रहेकाले उनलाई जबरजस्ती नाकको नलीबाट खुवाइएको छ । झाङको कानूनी टोलीसँग यस विषयमा कुनै खास जानकारी छैन। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार झाङले अब सहयोग बिना हिड्न वा टाउको उठाउन सक्दैनन्।
एम्नेस्टी इन्टरनेशनलले चिनियाँ सरकारलाई तत्काल रिहा गर्नका लागि झाङलाई आफ्नो भोक हडताल अन्त्य गर्न र आफूलाई आवश्यक पर्ने उचित उपचार प्राप्त गर्न आग्रह गरेको छ। एम्नेस्टी अभियानकर्ता ग्वेन लीले एक विज्ञप्तिमा झाङको हिरासतलाई “मानव अधिकारमाथिको लज्जास्पद आक्रमण” भनेको छ। एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x