१३ कार्तिक २०८३, बिहीबार

चिनमा कोरोना सक्रमितको संख्या पुनः बढदै

एसीपी संवाददाता

२४ माघ २०७७, शनिबार ०९:०७ मा प्रकाशित

चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरूले शुक्रबार चीनका विभिन्न सहरमा ५२ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएका छन् ।

चीनभित्रै पनि संक्रमणका नयाँ घटना देखिइरहेको ती अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार शुक्रबार मात्रै चीनमा फेला परेको ५२ जना नयाँ संक्रमितमध्ये ३६ जना चीनभित्रैका थिए भने १६ जना विदेशबाट आएका थिए । चीनको नेसनल हेल्थ कमिसनले शनिबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय नागरिकहरूबाटै अहिले संक्रमण सर्न थालेकाले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँचसमेत सुरु गरेको छ । शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरूमध्ये उत्तरी चीनको हुवे प्रान्तका धेरै नागरिक छन् ।

चीनका हेलिङजाङ, हेबेइलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेको छ । शुक्रबार भेटिएकामध्ये हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि छन् । सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरूमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्न थालेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x