१३ कार्तिक २०८३, बिहीबार

चिनियाँ कामदार फर्किपछि योजना अलपत्र

एसीपी संवाददाता

२४ माघ २०७७, शनिबार १६:५८ मा प्रकाशित

रसुवास्थित टिमुरे सुख्खा बन्दरगाह निर्माण योजनाको काम अलपत्र छोडेर चिनियाँ कामदार फर्किपछि योजना अलपत्रमा परेको छ ।

यस बिषयमा परराष्ट्र मन्त्रालयले चिनियाँ दुतावासलाई एक पत्र पठाउँदै ध्यानाकर्षण गराएको छ ।

चीन र नेपालबीच १२ मे, २०१९ मा रसुवाको टिमुरे सुख्खा बन्दरगाह निर्माणको सम्झौता भएको थियो । सम्झौताका क्रममा उक्त परियोजना ३० डिसेम्बर २०२१ मा सम्पन्‍न गर्ने बताइएको छ । 

तर,  निर्माण कार्य सम्पन्‍न हुन ८ महिनामात्रै बाँकी रहँदा ११ प्रतिशतमात्रै काम सम्पन्‍न भएको छ ।

निर्माण क्षेत्रमा रहेका चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन चीन फर्किएपछि काम अलपत्र परेको हो । केही मानिसहरु गत वर्षदेखि काममा फर्किएका छैनन् ।

योजना अलपत्रमा परेपछि परराष्ट्र मन्त्रालयले पत्र पठाएको हो । “उक्त सम्झौता बमोजिम, टिमुर ड्राई पोर्ट परियोजना निर्माण कार्य सुरु भएको मितिदेखि ३० महिनाभित्र पूरा गर्नुपर्नेछ । अर्थात २०२१ सम्म डिसेम्बरसम्म ३० सम्म सम्मन्‍न गरिसक्नुपर्ने थियो । निर्माण कम्पनीले सरकारको सम्बन्धित अधिकारीलाई पेश गरेको प्रगति प्रतिवेदन बमोजिम नेपालका हालसम्म कुल निर्माण कार्यमा ११ प्रतिशत मात्र काम सकिएको छ ।” परराष्ट्रले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमार्फत मन्त्रालयले दुई देशबीचको द्विपक्षीय व्यापार र कनेक्टिभिटीलाई अझ सुदृढ पार्ने महत्त्वलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूसँग समन्वय गर्न दूतावासलाई आग्रह गरेको छ । नेपाल पाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x