१४ कार्तिक २०८३, शुक्रबार

जनमत पार्टी बाँकेको वडा नंबर-२० को प्रथम वडा अधिवेशन सम्पन्न

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार ११:१५ मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नंबर-२०को प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । शनिवारका दिन भेला आयोजना गरि उक्त अधिवेशन गरिएको जानकारी जनमत पार्टीका नेता मोहम्मद हुशेन शाहले दिइएका छन। आजको कार्यक्रम जनमत पार्टीका नेता बङ्गे चमारको अध्यक्षतामा गरिएको हो तथा कार्यक्रमको प्रमुख अतिथि संस्थापक केन्द्रीय इरफान अहमद शेष थिए। त्यस्तै कार्यक्रममा विशेष अतिथि जिल्ला अध्यक्ष रियाज अहमद शेष, उपाध्यक्ष दिपक पासी, जिल्ला सदस्यद्वय नाजमा बागवान, रियाज अंसारी, जाबिर हल्वाई, बङ्गे चमार, कुन्नी चनार ,बाँके महिला नेतृ जोया शेष, प्रशुराम आर्या अन्य दर्जनौं नेताहरूको उपस्थिति रहेको थियो। आजको भेलाबाट प्रहलाद यादवको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको जानकारी नेता शाहले दिइएका छन। अध्यक्ष प्रहलाद यादव, उपाध्यक्ष शीला रैदास, कोषाध्यक्ष पुनम सिंह चौहान, सचिवमा पंकज श्रीवास्तव, सदस्यद्वय कैलाश सोनकर, निरन्जन श्रीवास्तव, फूलमति सोनकर, लिलावती कुम्हार, राज कुमारी यादव, सोभा कुमारी यादव तथा अवधराम हरिजन रहेका छन। आजको कार्यक्रममा बोल्दै शैलेन्द्र कुमार कर्णले मधेशको भविष्य जनमतबाट नै उज्वल हुने भनेका छन, त्यसतै अर्का नेता मोहम्मद हुशेन शाहले मधेशका युवाहरुलाई जनमत संग जुड्न अह्वान गरेका छन , जिल्ला अध्यक्ष रियाज अहमद शेषले जनमत पार्टी जेलनेलबाट जन्मेको पार्टी हो यो पार्टीले नै मधेशलाई अगाडी बढाउने निस्चित रहेको छ तथा कार्यक्रमका प्रमुख अतिथी जनमतका नेता इरफान अहमद शेषले मन्तब्य राख्ने क्रममा सब भन्दा पहले राजावादी माथि खनिएका थिए उहाँले बोल्दै नेपालका राजाहरुले नै मधेशलाई गुलाम बनाएको तथा मधेशको बर्बादीमा राजाहरूको नै मुख्य भुमिका रहेकोले अब त्यस्ता सोंचको पछाडी नलाग्न अह्वान गरे, बोल्ने क्रंममा नेता शेषले मधेसी नेताहरूले मधेससंग गद्दारी गरेको भनेका छन। अबको बिकल्प जनमत पार्टी रहेको भनेका छन अब मधेसी जनता किसान , मजदुर , शिक्षक, युवा, वकिल तथा सम्पूर्ण वर्गलाई जनमत संग जुड्न अह्वान गरेका छन। त्यस्तै उक्त वडामा नै महिला जनमत संघ पनि गठन भएको छ अध्यक्ष कुन्नी चमार उपाध्यक्ष चन्दारानी यादव, सचिव प्रीति यादव, सदस्यद्वय लक्ष्मी चमार, धन्धी चमार, फूलमती खटिक, मखाना खटिक तथा मीना सोनकर रहेका छन। आजको कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा पार्टी प्रवेश गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x