८ आश्विन २०८३, बिहीबार
जुङेश्वर महादेव मन्दिर र तलाउको मर्मत कार्य शुरु
रिसभ सिंह वाडिया – नेपालगन्जको ईतिहासिक मन्दिर बागेश्वरी माताको मन्दिर स्थित रहेको बिश्व कै एक मात्र जुङेश्वर महादेव मन्दिरको पुल निर्माण र तलाउको सरसफाइ शुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा तलाउ र पुलको मर्मत कार्य शुरु भएको छ । बागेश्वरी मन्दिर समितिले गरेको पहलमा सरसफाइ मर्मत कार्यले भक्तहरुमा हर्सोउल्लास छ । हरेक महिनामा लाखौंको भिड हुने गरेको महादेव मन्दिर बिच तलाउमा रहेको हो ।
नेपालीहरुको आस्थाको केन्द्र मात्र नभैइ भारतको विभिन्न स्थान बाट बागेश्वरी माता र भगवान् महादेवको दर्शन गर्ने भक्त घुईचो लाग्ने गरेको हो ।
Subscribe
Login
0 Comments


