१ श्रावण २०८३, शुक्रबार

डा.गोबिन्द केसीको समर्थनमा शनिबार मणिग्राममा प्रदर्शन

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार १६:०८ मा प्रकाशित

तस्बिर जनता टुडे

चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोबिन्द केसीको समर्थनमा शनिबार मणिग्राम मा प्रदर्शन भएको छ ।

तस्बिर जनता टुडे

रुपन्देही का विभिन्न क्षेत्रका युवा युवतीहरु ले मणिग्राम चोकमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।प्रदर्शनमा सहभागी भएका युवा हरुले केसीको समर्थनमा लेखिएको विभिन्‍न नाराहरु उल्लेख गरिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

डा.केसीको समर्थनमा प्रदर्शन गर्ने युवा,प्रहरीको नियन्त्रणमा

डा.केसीले प्रधानमन्त्रीलाई साधारण माग पूरा गरिदिन अनुरोध

उनीहरुले सरकार आफ्नो नियत सच्याउ, डाक्टर गोबिन्द केसी को जीवन रक्षा गर,मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विकृती अन्त्य गर , राज्य आतंक बन्द गर , केपी ओलीको मिसन सिटामोलमा कमिसन,लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए।

नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता

सहभागीहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसन रत डाक्टर केसीमाथि गरिएको अभद्र व्यवहारको बिरोध समेत गरेको नेपाल तरुण दल रुपन्देही का जिल्ला सदस्य लक्ष्मण गौतमले बताउनुभएको थियो । प्रदर्शनमा रुपन्देही को विभिन्न क्षेत्र बाट आएका युवा युवतीहरु को उल्लेख्य सहभागिता रहेको सदस्य गौतम ले बताउनु भयो ।गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको लागि प्राध्यापक डाक्टर केसी १९औं पटक अनशनरत छन् – जनता टुडे श्रोत

डा.केसी ११ औं दिन अनशनमै,वीरगन्जका चिकित्सकहरूको समर्थन

डा.केसी ११ औं दिन अनशनमै,वीरगन्जका चिकित्सकहरूको समर्थन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x