१२ कार्तिक २०८३, बुधबार

दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी थिए

एसीपी संवाददाता

२४ मंसिर २०७८, शुक्रबार ०१:४३ मा प्रकाशित

२४ गते मङ्सिर २०७८ । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्।

 

 

को हुन् विपिन रावत?

दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाएका थिए। उनले भारतीय सेनालगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए।

भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरीमा जन्मिएका रावत भारतको ६ औं स्थल सेनाध्यक्ष भएका थिए।

लेफ्टिनेन्ट जनरल लक्षुसिंह रावतका छोरा विपीन आफ्ना पिताले सेवा गरेको ११ गोर्खा राइफलको पाँचौं बटालियनमा सन् १९७८ को १६ डिसेम्बरमा सैन्य सेवामा प्रवेश गरेका थिए।

रावतले देहरादुन, सिमलाको भारतीय सैन्य एकेडेमीमा अध्ययन गरेका थिए। चिनियाँ जनमुक्ति सेनासँग लडेका र अमेरिकामा पढेका रावत सैन्य सञ्चार रणनीतिका विज्ञ हुन्। रावतले अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए।

सैन्य सञ्चार रणनीतिको अनुन्धानमा चौधरी चरणसिंह विश्वविद्यालय मेरुतबाट दर्शनमा विद्यावारिधि रावतले कंगोमा शान्ति स्थापना गर्न, चीनसँगको लडाइँ, भारतको मणिपुरमा क्रियासिल पृथकतावादीसँगको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

आफ्नो सैन्य जीवनमा रावतले थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन्। उच्च हिमाली क्षेत्रको लडाइँ लड्न सिपालु थिए। भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले अवकास पाएपछि रावतले भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी पाएका थिए।

सन् २०१६ को जनवरी १ देखि दक्षिण कमान्डको प्रमुख भएर काम गरेका रावत सन् २०१६ को सेप्टेम्बर १ देखि उपप्रधानसेनापतिको हैसियतमा काम गर्दै आएका थिए। एन्टी विशिष्ट सेवा, युद्ध सेवा, सेना र विशिष्ट सेवा मेडल प्राप्त गरेका रावतले सन् १९८६ मा सुम्डुरोगं चु उपत्यकामा तत्कालीन महासेनानीको हैसियतमा चिनियाँ जनमुक्ति सेनाविरुद्ध लडाइँ लडेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x