धर्म परिवर्तन गर्न नमानेपछि उज्बेकिस्तानमा भारतकी २१ वर्षीया छात्राको विभत्स हत्या
ध’र्म परिवर्तन गर्न नमानेपछि उज्बेकिस्तानमा भारतकी २१ वर्षीया छात्राको विभ त्स ह त्या
उज्बेकिस्तानमा चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययनरत भारतको केरलाकी २१ वर्षीया एक मेडिकल छात्राको रहस्यमय एवं विभ त्स ह त्या भएको घटनाले यतिबेला भारत र उज्बेकिस्तान दुवै देशमा ठुलो सनसनी मच्चाएको छ। उज्बेकिस्तानको बुखारा स्टेट मेडिकल इन्स्टिच्युट (Bukhara State Medical Institute) मा प्रथम वर्षमा अध्ययनरत सावरिया बसन्तको ह त्या भएको हो।
यस क्रूर हत्याकाण्डमा संलग्न रहेको बलियो आरोपमा उज्बेकिस्तान प्रहरीले सावरियाकै सहपाठी सदारुल अनामलाई पक्रा उ गरी हिरासतमा लिएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृतक छात्रा सावरियाको ह त्या हुनुअघि उनलाई अभियुक्तले बारम्बार ध र्म परिवर्तन गर्न कडा मान सिक तथा शारीरिक दबा ब दिँदै आएको परिवारले गम्भीर आरोप लगाएको छ।
सावरियाका बुवाले प्रहरीमा दर्ता गराएको उजुरी अनुसार, उनका सहपाठी अनामले विगत लामो समयदेखि सावरियालाई आफ्नो धर्म परिवर्तन गर्न भन्दै दबाब दिने र सो कुरा अस्वीकार गर्दा पटक–पटक क्रूरतापूर्वक कुटपि ट गर्ने गरेका थिए। पीडित परिवारका अनुसार कलेजका अन्य केही विद्यार्थीहरूलाई समेत अभियुक्तले दिँदै आएको यो दबाब र कलेजभित्र भइरहेको घटनाबारे पहिले नै जानकारी थियो।
उज्बेकिस्तानमा घटना घटेपछि कानुनी प्रक्रिया पूरा गरी मृ तक सावरियाको शवलाई भारत ल्याइएको छ। शव भारत आइपुगेलगत्तै केरलाको अलप्पुझा मेडिकल कलेज अस्पताल (Alappuzha Medical काल lege Hospital) मा उनको पुनः पो स्टमार्टम गरिएको छ।
भारतीय प्रहरीका अनुसार प्राप्त प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा सावरियाको शरीरका विभिन्न भागमा गम्भीर रूपमा कुटपिट गरिएका निलडाम र चोटका स्पष्ट चिन्हहरू फेला परेका छन्। यसले हत्या हुनुअघि उनलाई च रम या तना दिइएको पुष्टि गर्छ।
यस घटनालाई लिएर केरलाको हरिपाड प्रहरीले आधिकारिक रूपमा ह त्याको मुद्दा दर्ता गरी कानुनी प्रक्रिया सुरु गरिसकेको छ। तर, घटना विदेशी भूमि (उज्बेकिस्तान) मा घटेकाले कानुनी जटिलता समाधान गर्न उज्बेक सरकारको अनुसन्धान प्रतिवेदन अनिवार्य हुने प्रहरीले जनाएको छ।
सावरियाले धर्म परिवर्तन गर्न अस्वीकार गरेकै कारण उनको ह त्या भएको दाबी हालसम्म परिवारको तर्फबाट लगाइएको गम्भीर आरोप मात्र हो। उज्बेकिस्तानका आधिकारिक अनुसन्धान निकायहरूले भने यो साम्प्रदायिक वा धा र्मिक दबाबकै कारण भएको ह त्या हो भन्ने दाबीलाई अहिलेसम्म आधिकारिक वा कानुनी रूपमा पुष्टि गरिसकेका छैनन्।


