४ श्रावण २०८३, सोमबार

नक्कली नोट छाप्ने गिरोहका ३ जना प्रहरीद्वारा पक्राउ

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार १६:५८ मा प्रकाशित

नक्कली नोट छाप्ने कारोबारमा लागेका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर प्रहरीले नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ रहेका छन् । बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ। त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जानकारी दिएको छ।

दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अर्का दिपकलाई भने नक्कली नोट लिएर पसलमा सामान किन्न जाँदा प्रहरीले पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x