नरैनापुरमा करदाता सेवा केन्द्र सञ्चालन, पहिलो व्यावसायिक PAN प्रमाणपत्र जारी
अरबिन्द कुमार यादव/नरैनापुर, बाँके — नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्रमार्फत औपचारिक रूपमा कर सेवा सुरु भएको छ। सेवा शुभारम्भसँगै गाउँपालिकामा पहिलो व्यावसायिक स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र जारी गरिएको छ।
वडा नं. २, बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोर की सञ्चालक जन्नतुल पठानिनलाई पहिलो व्यावसायिक PAN प्रमाणपत्र हस्तान्तरण गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
स्थानीय स्तरमै कर सेवा उपलब्ध भएपछि नरैनापुरका व्यवसायी तथा करदातालाई PAN नम्बर लिन र करसम्बन्धी सेवा प्राप्त गर्न नेपालगन्ज धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले स्थानीय व्यवसाय दर्ता तथा करसम्बन्धी कामलाई सहज बनाउने विश्वास गरिएको छ।


