२७ आश्विन २०८३, मंगलवार

नरैनापुरमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान: नागरिकका गुनासा सुन्दै कमल सुवेदी र प्रिया रानी

एसीपी संवाददाता

२७ आश्विन २०८३, मंगलवार १२:३० मा प्रकाशित

अरबिन्द कुमार यादव/नरैनापुर, बाँके — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा सार्वजनिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा रास्वपाका नेता द्वय कमल सुवेदी र पार्वती थापा (प्रिया रानी) को उपस्थिति रहेको थियो। अभियानका क्रममा उनीहरूले नरैनापुरका स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, जनगुनासो तथा प्रमुख चासोका विषयहरूमा छलफल गरेका थिए।

भेटघाटका क्रममा स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा विद्यमान विकास निर्माण, सेवा प्रवाह र अन्य दैनिकीसँग जोडिएका समस्या एवम् अपेक्षाहरू प्रस्तुत गरेका थिए। नागरिकहरूले आफ्ना आवाजलाई माथिल्लो निकायसम्म पुर्‍याउन र समाधानका लागि पहल गरिदिन नेताहरूसँग आग्रह गरे।

सार्वजनिक भेटघाट कार्यक्रमले स्थानीय नागरिकका गुनासा तथा समस्याहरूलाई प्रत्यक्ष रूपमा बुझ्न र उनीहरूका आवाज सुन्न महत्त्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x