१३ कार्तिक २०८३, बिहीबार

प्रचण्ड–नेपाल समुहद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

एसीपी संवाददाता

२८ माघ २०७७, बुधबार ११:१६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा आयोजना गरिएको सभा अघि नेकपा सो पक्षले शक्ति प्रदर्शन गरेको हो । सभाअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो । प्रधानमन्त्रीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरोधमा शक्ति प्रदर्शन गरिएको हो । जुलुसमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । केही कार्यकर्ताले ‘प्रतिगमन मुर्दावाद’ लेखिएको टिसर्ट लगाएका थिए । बाजागाजा र झाँकीसहित पनि जुलुस निकालिएको थियो । जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि सहभागी भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x