१३ कार्तिक २०८३, बिहीबार

नेकपा सरकार विरुद्ध नेकपाद्वारा नै आयल निगम घेराउ

एसीपी संवाददाता

६ फाल्गुन २०७७, बिहीबार १८:३९ मा प्रकाशित

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थीले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य बृद्धिले ढाड सेकियो लगाएतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x