१७ आश्विन २०८३, शनिबार

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना: नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ की महिला वडा सदस्य निर्मला कनौजियाका छोरा कृष कनौजिया सहित ६ जनाको निधन

एसीपी संवाददाता

१७ आश्विन २०८३, शनिबार १३:४२ मा प्रकाशित

नेपालगन्ज, असोज १७ गते — आज बिहान भएको गम्भीर बस दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ की महिला वडा सदस्य निर्मला कनौजियाका सुपुत्र कृष कनौजिया पनि रहनुभएको छ। नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस बाटोमा दुर्घटनामा पर्दा उहाँको अल्पायुमै असामयिक निधन भएको हो।

युवा कृष कनौजियाको यसप्रकार अचानक भएको निधनले वडा सदस्य कनौजिया परिवार तथा समग्र नेपालगन्ज नगरमा नै बज्रपात परेको महसुस भएको छ। यस दुःखद् र मर्माहत घडीमा स्थानीय जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्।

दिवङ्गत कृष कनौजियाको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त माता निर्मला कनौजियालगायत सम्पूर्ण परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गरिएको छ। साथै, सोही दुर्घटनामा परि ज्यान गुमाउने अन्य सम्पूर्ण मृतकहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x