१३ कार्तिक २०८३, बिहीबार

पतञ्जलीले बनायो कोरोनाको औषधि, आजबाट बजारमा आउने

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०५:२१ मा प्रकाशित

एजेन्सी । कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् ।

यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो । जसले ७ दिनमा कोरोनाको उपचार हुन्छ भनि दावा गरिएको थियो । तर किट आउनासाथ विवादित बन्यो ।

फेरि पतञ्जलीले कोरोनाको औषधि लिएर बजारमा आएको छ । नयाँ औषधिको घोषणा गर्दै पतञ्जलीले एक प्रेस विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ’ ‘कोरोनाको उपचारमा काम आउने औषधिको घोषणा गरिनेछ ।’ कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित छ ।

पतञ्जलीले यो पनि बताएको छ यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको औषधि हो । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गर्दैछन् ।इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x