१२ कार्तिक २०८३, बुधबार

पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता गर्न असफल , अर्थतन्त्र धरासायी हुने खतरा

एसीपी संवाददाता

९ कार्तिक २०७८, मंगलवार १३:४७ मा प्रकाशित

९ गते कात्तिक २०७८ । इस्लामावाद– पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन्।

पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ।

पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ। विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिँदा पनि र नलिँदा पनि खतराको अवस्थामा पुगेको छ।

पछिल्लो दुई सातामा पाकिस्तानको स्टेट बैंकले विदेशी मुद्रा १.६ बिलियन डलरले गिरावट आएको जनाएको थियो।

इस्लामावादले एक बिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय सुकुन्ड बोन्डका लागि भुक्तान गरेपछि उक्त गिरावट आएको बताइएको छ।

त्यसैगरी मुद्रास्फितीले पनि पाकिस्तानलाई संकटमा पुर्याएको छ। यस साता सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) १४.५ प्रतिशत पुगेको र यो सातामात्रै १.४ प्रतिशतका दरले वृद्धि भएको बताइएको छ।

प्रधानमन्त्रीका बित्तिय तथा राजस्व सल्लाहकार सउकत तारिनले उक्त वार्तालाई टुंगोमा नपुर्याउँदै साउदी अरब प्रस्थान गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x