१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानसँगै चीन, तालिबान सहित देशहरू अमेरिकाको रेड जोनमा

एसीपी संवाददाता

३ मंसिर २०७८, शुक्रबार ०२:३३ मा प्रकाशित

३ गते मंसिर २०७८ ।  अमेरिकाले पाकिस्तानलाई ‘रेड जोन’मा राखेको छ। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले धार्मिक स्वत्नत्रताको उल्लंघन गर्ने देशहरुमा पाकिस्तानलाई पनि सूचिकृत गरेका छन्।

यो सूचीमा पाकिस्तानसँगै चीन, तालिबान, इरान, रुस, साउदी अरेब, एरिट्रिया, ताजिकिस्तान, तुर्केमिनास्तान र बर्मा रहेका छन्।

यसअघि युएस कमिशन अन इन्टरनेशनल रिलिजियश फ्रिडमले भारतलाई पनि यो सूचीमा राख्न सुझाव दिएको थियो। तर अमेरिका भारतप्रतिको नीतिमा नरम देखिएको छ।

अमेरिकाले हरेक वर्ष यो सूची निकाल्ने गर्छ। उसले अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अभिनियमको मानकमा नचल्ने देशहरुलाई यो सूचीमा राख्ने गर्छ।

यसका अलावा अमेरिकाले अल्जेरिया, कोमोरोस, क्यूबा र निकारागुआलाई विशेष निगरानीमा राख्ने निर्णय गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x