पार्टीभित्र बिद्रोह गरेर प्रचण्ड–नेपाल पक्षले गलत काम गरे-उर्जामन्त्री रायमाझी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र बिद्रोह गरेर प्रचण्ड–नेपाल पक्षले गलत काम गरेको तर्क गर्नुभएको छ ।
शुक्रबार नेकपा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले मुलुकलाई बिकासको बाटो तर्फ अघि बढाउने लक्ष्यलाई अवरोध गरेर पार्टीभित्र बिद्रोह गर्नु गलत कार्य भएको बताउनुभएको हो ।
पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उहाले बताउनुभयो । उहाले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनमा जान प्रचण्ड–नेपाल पक्ष र कांग्रेस डराएको बताउनुभयो । उहाले मुलुकको सवैभन्दा राष्ट्रवादी नेता केपी ओली नै भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले आफु निकै अप्ठेरो अवस्थामा सरकारमा सहभागी भएको भन्दै मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन आफुले भूमिका खेल्ने बताउनुभयो ।
उहाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन सरकार केन्द्रीत रहेको बताउनुभयो ।


