१३ कार्तिक २०८३, बिहीबार

पुर्ब प्रधानमन्त्री प्रचण्डले पुर्ब जनमुक्ति सेनाको १९ अर्ब हिनामिना गरेको खुलाशा

एसीपी संवाददाता

१ फाल्गुन २०७७, शनिबार १७:५७ मा प्रकाशित

लुम्बिनी प्रदेश । माओवादी जनयुद्धकालको अन्तिम बेला ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको अभियानका प्रमुख कमाण्डर टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना भएको खुलासा गरेका छन् ।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग धेरै हिसाबकिताब माग्न बाँकी रहेको बताए ।

रायमाझीले भने- शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो ?

रायमाझीले वाइसिएलका लागि भनेर लिएको थप रकम समेत प्रचण्डले हिसाब नदेखाएको दाबी गरे । घाइते अपांग लडाकुहरुले उपचार नपाएको प्रसंग निकाल्दै रायमाझीले आफूहरुले प्रचण्डसँग त्यसबेलाका हिसाब माग्न बाँकी नै रहेको बताए ।

वर्षमान पुन र जनार्दन शर्माहरुतर्फ संकेत गर्दै रायमाझीले भने- अहिले जो साथीहरु जनयुद्धका जनमुक्ति सेनाका कमाण्डर भन्दै छन् उनीहरुको हैसियत मलाई थाहा छ । म २०४८ सालमा वाइसिएलको संस्थापक अध्यक्ष हुँदा मैले नै उनीहरुलाई जिल्ला कमिटीमा समेटेको हुँ । हिसाब किताबको कुरा बाँकी नै छ,अहिले त हामी बैचारिक कुरामात्र गरिरहेका छौं । खबरलहरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x