२७ आश्विन २०८३, मंगलवार

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी गौचनले आफ्नो बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता गराउदै

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार ०६:३२ मा प्रकाशित

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्ने भएका छन्। रूपन्देहीको भैरहवाका शक्तिले बुवा स्व. खड्गप्रसादको स्मृतिमा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

स्टार क्रिकेट एकेडेमी पड्सरीको आयोजनामा बुधबार माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिता आयोजक स्टार एकेडेमी पनि शक्तिले सञ्चालन गर्दै आएका छन्। बुवाको स्मृतिमा विगत तिन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिईएको शक्तिले बताए ।

भारतको आज ७२ औं गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाउँदैछ

अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरामद

‘बुवालाई सम्झिँदै क्रिकेटमा नयाँ नयाँ खेलाडी पनि उत्पादन गर्न सहयोग होस् भनेर प्रतियोगिता आयोजना गर्दै आएको छु’, गौचनले भने। भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए। 

पहिलो संस्करण विद्यालयस्तरीय रूपमा आयोजना गरिएको थियो भने दोस्रो रूपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो। तेस्रो संस्करणलाई भने राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको गौचनले जानकारी दिए।

क्रिकेटको राष्ट्रिय टिमबाट सन्यास लिएपछि गौचनले एकेडेमीमार्फत् विद्यार्थीहरुलाई क्रिकेट सिकाईरहेका छन्। अहिले पनि स्टार एकेडेमीमा ५० जनाले क्रिकेट सिकिरहेको गौचनले बताए।   सेतोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x