१३ कार्तिक २०८३, बिहीबार

प्रधानमन्त्रीले संबिधान बिपरित काम गरेको भन्दै दलित संगठनको विरोध

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार ०१:१० मा प्रकाशित

प्रधानमन्त्रीले संविधान बिपरित काम गरेको भन्दै नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलमा नेकपा प्रचण्ड–नेपाल निकट समितिले संविधानको ‘कू’ र प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपाका नेताहरुको पनि सहभागीता रहेको थियो । उनीहरुले प्रधानमन्त्रीको कदम बिरुद्ध नारावाजी गरेका थिए । संगठनले संवैधानिक आयोगहरुमा हालै गरिएको असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने र असंवैधानिक तवरबाट गरिएको संसद् विघटन यथाशीघ्र पुनःस्थापना हुनुपर्ने जनाएको छ । माइतीघरबाट सुरु विरोध प्रर्दशन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x