१२ कार्तिक २०८३, बुधबार
बाँकेमा निषेधाज्ञा १० दिन थप
बाँकेमा निषेधाज्ञा १० दिन थप गरिएको छ । साउन १ गतेदेखि १० गतेसम्म निषेधाज्ञा थपिएको हो । निकै खुकुलो बनाएर निषेधाज्ञा निरन्तर जारी गरिएपनि पछिल्लो समय ‘नाम मात्र’ को छ ।
कोभिड १९ संक्रमणको दर क्रमशः घट्दै गएको देखिए पनि जोखिमको अवस्था अझै कायमै रहेकाले रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई बाँके प्रशासनले साउन १० गतेसम्म निरन्तरता दिएको जनाएको छ । नेपालगञ्जमा भने बैशाख ९ गतेदेखि नै निषेधाज्ञा जारी गरिएको थियो ।
Subscribe
Login
0 Comments



