भागिरथीको न्यायका लागि नेविसंघ बैतडीद्वारा विरोध प्रदर्शन
बैतडी दोगाडाकेदार कि किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध प्रदर्शन पाटन बैतडी मा गरेका छन्।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए। क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता पाटन चोराहा सम्म पुगेका ने वि संघ जिल्ला सदस्य अनिल भण्डारी ले बताउनु भएको छ।
उनीहरूले ‘बलात्कारीलाई फासी दे’ संविधान मा टाँसी दे, ‘भागरथीलाई न्याय दे”सम्झना कामीलाई न्याय दे’ भन्दै करिब एक घन्टा चक्काजामसमेत गराए।
उक्त आन्दोलन को कोर्टसभा लाइ सम्बोधन गर्दै ने वि संघ बैतडी का जिल्ला अध्यक्ष कपिल केसी ज्युले बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर भागरथीका हत्यारालाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने ने वि संघ नेता भण्डारीले जानकारी दिनुभएको छ।



hice artical