१२ कार्तिक २०८३, बुधबार

भारत सरकारको सहयोगमा जिल्ला सहकारी संघको भवन निर्माण

एसीपी संवाददाता

२७ फाल्गुन २०७७, बिहीबार ००:४१ मा प्रकाशित

भारत सरकारको सहयोगमा ललितपुरमा जिल्ला सहकारी संघ लिमिटेड भवन निर्माण भएको छ । तीन करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित भवनको बुधबार भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वअर्थराज्यमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरू सहभागी थिए ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत तीनतले भवन निर्माण भएको भारतीय दूतावासले जनाएको छ । ‘परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले विज्ञप्तिमा भनेका छन् ।

दूतावासका अनुसार २०६० सालदेखि हालसम्म भारतले नेपालमा ४ सय ४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपुर जिल्लामा नौवटा परियोजना सञ्चालित छन् । प्रदेश ३ मा ८४ वटा परियोजना छन् । ‘यीबाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई १८ वटा एम्बुलेन्स र नौवटा स्कुलबस उपहारस्वरूप प्रदान गरिसकेको छ,’ भारतीय दूताबासले भनेको छ ।

भारतले नेपालको भरपर्दो विकास साझेदारको रूपमा आफूलाई प्रस्तुत गरेको जनाएको छ । ‘यस परियोजनामार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञानजस्ता क्षेत्रमा आबद्घ कृषिक्षेत्रका नीति–निर्माणकर्तालाई भारतका शीर्षस्थ कृषि केन्द्रहरूमा प्रशिक्षण दिइसकेको छ । दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्नेबारे काम पनि गरिरहेका छन् ।’

गोरखामा विद्यालय भवन निर्माण
भारत सरकारको चार करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका— ६, घैरुङमा हिमालय माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । विद्यालयको बुधबार भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरूबाट संयुक्त रूपमा उद्घाटन भएको छ ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत निर्मित यस तीनतले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्रछात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना रहनेछन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरूप पहिले ‘साना विकास परियोजना’को नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रूपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको छ ।

०७२ को भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लामा कुल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत भइरहेको छ । यसमध्ये सातवटा विद्यालय गोरखामा छन् । ‘तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसिर १२ गते भारतका विदेशसचिव हर्षशर्धन शृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘भारतले गोरखामा भूकम्पले क्षति पु¥याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ ।नयापत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x