१२ कार्तिक २०८३, बुधबार

भारतमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान ३१ जनवरीसम्म स्थगित

एसीपी संवाददाता

२५ मंसिर २०७८, शनिबार ०२:२५ मा प्रकाशित

२५ गते मङ्सिर २०७८ । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई ३१ जनवरीसम्म स्थगित गर्ने निर्णय गरेको छ ।
यसअघि भारत सरकार १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो । भारतको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब यी उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो ।
यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन । भारतको नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मन्जुरी दिन सकिने जनाएको छ ।
भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x