१२ कार्तिक २०८३, बुधबार

भारतिय प्रधानमन्त्री मोदि र अमेरिकी रास्ट्रपति बिडेन बिच भेट् हुने ; कोरोना संक्रमण सहित चीन मुख्य मुद्दा

एसीपी संवाददाता

३१ भाद्र २०७८, बिहीबार १३:४८ मा प्रकाशित

३१ गते भदौ २०७८ बिहीबार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बिडेन २४ सेप्टेम्बरमा वाशिंगटनमा भेट् हुने भएको छ । अमेरिकी रास्ट्रपति सङ पहिलो पटक भेट् हुने हो । भारतका प्रधानमन्त्री र अमेरिकाका राष्ट्रपति जनवरी २०२१ मा जो बिडेनले पदभार ग्रहण गरेपछि पहिलो पटक आमनेसामने भेट हुने बताईएको छ । प्रधानमन्त्री मोदी २२ सेप्टेम्बरको राती अमेरिकाको राजधानी वाशिंगटन पुग्ने कार्यक्रम रहेको छ । अमेरिकाको ह्वाइट हाउसले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। राष्ट्रपति बिडेनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीलाई अमेरिका स्वागत गर्नेमा खुशी व्यक्त गरिएको छ।
त्यहाँ अमेरिकामा क्वाड देशहरु को एक बैठक पनि हुने छ । जसमा भारत बाहेक, अष्ट्रेलिया र जापानका प्रधानमन्त्रीहरु पनि भाग लिनेछन्। प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा तालिबान, चीन र कोरोनाबारे छलफल हुने अपेक्षा गरिएको छ । उनले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको सत्रलाई सम्बोधन गर्ने छन्।
राष्ट्रपति बिडेनले मार्चमा डिजिटल रूपमा क्वाड नेताहरूको पहिलो शिखर सम्मेलनको आयोजना गर्नुभयो, एउटा स्वतन्त्र, खुला, समावेशी, लोकतान्त्रिक मूल्यवान इन्डो-प्यासिफिक क्षेत्र जबरजस्ती कब्जा जस्ता बाधाबाट मुक्त हुने संकल्प व्यक्त गर्दै। एक तरिकामा, यो चीनको लागी एक सन्देशको रूपमा देखिएको छ । प्रधानमन्त्री मोदी यसअघि सेप्टेम्बर २०१९ मा अमेरिकाको भ्रमण गरेका थिए जब उनी र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा हाउडी मोदी कार्यक्रमलाई सम्बोधन गरेका थिए। अहिले बिश्वमा लोकप्रियता कमाउन सफल नरेन्द्र मोदिले बिश्वलाई आतंकबादीको कुनै जात हुदैन आतंककारीलाई एकै नजरले हेर्नू पर्ने भनेका थिए । अहिले सत्तामा तालिवानका कारण अलकायदा , जैस ए मोहम्मद सहितका आतंककारी संगठनहरु माथि अन्कुस लगाउन माङ गर्दै आएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x