१२ कार्तिक २०८३, बुधबार

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा बौद्ध बिहार निर्माणको शिलान्यास गर्ने

एसीपी संवाददाता

२ जेष्ठ २०७९, सोमबार ०४:०३ मा प्रकाशित

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा बौद्ध बिहार निर्माणका लागि शिलान्यास गर्ने भएका छन्। बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउन लागेका हुन्।

विश्व सम्पदा सूचीमा परेको लुम्बिनीमा भारतले आफ्नो आर्थिक सहयोगमा बौद्ध बिहार बनाउन लागेको हो। गौतम बुद्ध जन्मिएको दिनको अवसरमा लुम्बिनीमा भव्यताका साथ विशेष कार्यक्रम गरिन्छ।

प्रधानमन्त्री मोदी चिनियाँ कम्पनीले बनाएको गौतम बुद्ध विमानस्थलमा अवतरण नगरेर लुम्बिनीमा बनाइएका हेलिप्याडमा अवतरण गर्ने भएका छन्।

उनले प्रधानमन्त्री देउवासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। भेटका क्रममा द्विपक्षीय हित र आपसी समझदारीका विषयमा छलफल हुने जनाइएको छ। मोदी करिब ५ घण्टाका लागि लुम्बिनी आउने र त्यस अवसरमा उनले मायादेवीको मन्दिरमा पूजाआजा र भारतले प्रधानमन्त्री देउवा र मोदी दुवै मिलेर ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ मा बुद्ध जयन्तीको मूल समारोहलाई सम्बोधन गर्नेछन्।

समारोहमा मोदीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको सम्मान दिने तयारी छ। उक्त कार्यक्रमका लागि पर्यटन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले गृहकार्य गरिरहेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणमा परराष्ट्र मन्त्री नारायण खड्काले सुरुमा मोदीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि देउवा र मोदीबीच द्विपक्षीय वार्ता हुने सम्भावना छ। वार्तामा बुद्धिस्ट सर्किटलाई अगाडि बढाउने विषयमा दुई प्रधानमन्त्री छलफल हुने भएको छ।

प्रधानमन्त्री मोदी उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आइपुग्ने कार्यक्रम छ। लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले विशेष कार्यक्रमलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन्। नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी पनि कार्यक्रममा सहभागी हुनेछन्।

उनी पहिलो पटक सन् २०१४ अगस्टमा नेपाल भ्रमणमा आएका थिए। त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बरमा उनी काठमाडौँ आए। मोदी तेस्रो पटक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x